अर्जुनधारा जलेश्वरधाममा ३२ लाख आम्दानी « Yalambar Times
२६ बैशाख २०८१, बुधबार

अर्जुनधारा जलेश्वरधाममा ३२ लाख आम्दानी


यलम्वर टाइम्स
१९ मंसिर २०७३, आईतवार ०६:०६

 

11शनिअर्जुन / अर्जुनधारा जलेश्वरधामको ३४ औं अनुष्ठानबाट अन्दाजी ३२ लाख संकलन भएको महासचिव विष्णु निरौलाले जानकारी दिए ।

पूर्वकै पशुपतिनाथले परिचित जलेश्वर धामको समापन कार्यक्रममा भक्तजनहरुको उल्लेखनीय उपस्थितिबाट उक्त रकम संकलन भएको हो । यो पटक संगीतमय हनुमत कथा भएको हुँदा पुराण श्रवण गर्न विभिन्न क्षेत्रबाट उपस्थित भएका थिए ।

अर्जुनधारामा पुराण लाग्दै गर्दा सोही समयमा बिर्तामोड, सतासीधाम र साधुपर्ति आदि ठाउँमा भव्य पुराण हुँदै आएको थियो । तर जलेश्वरधामको अपार शक्ति र सत्विज छर्ने पर्व भएको हुँदा लाखभन्दा बढी भक्तजनले सत्विज छरेको धामले जनाएको छ ।

३४ औं अनुष्ठानमा १५ लाखभन्दा बढी खर्च हुने अनुमान रहेको छ । धामको ३४ औं अनुष्ठानलाई सबैबाट सहयोग पुगेकोमा अध्यक्ष नविन गट्टानीले सबैलाई धन्यवाद दिएका छन् ।