बिषादी र विमा सम्बन्धि कृषकसँग अन्तरक्रिया « Yalambar Times
२७ बैशाख २०८१, बिहीबार

बिषादी र विमा सम्बन्धि कृषकसँग अन्तरक्रिया


यलम्वर टाइम्स
३० मंसिर २०७३, बिहीबार १२:००

पाँचथर / बिषादीको उचित प्रयोग र बालि तथा पशु विमा सम्बन्धि कृषकहरुसँगको एक दिने अन्तरक्रिया कार्यक्रम बिहीबार फिदिममा सम्पन्न भएको छ ।

राष्ट्रिय कृषक समूह महासंघ पाँचथरको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्लास्थित अगुवा तथा विभिन्न कृषक समूहमा आबद्ध दुई दर्जनभन्दा बढी कृषकहरुको सहभागिता रहेको थियो । उक्त अन्तरक्रियामा जिल्ला कृषि विकास कार्यालयका निमित्त वरिष्ठ कृषि विकास अधिकृत प्रकाश विक, वालि संरक्षण अधिकृत सागर विष्ट लगायतले सहजीकरण गरेका थिए ।

अन्तरक्रियामा कृषकहरुलाई बिषादीको प्रयोग गर्दा अपनाउँनुपर्ने संवेदनशीलता, त्यसको फाइदा र बेफाइदा साथै वालि तथा पशु बिमा सम्बन्धि जानकारी गराइएको थियो । अन्तरक्रियामा सहभागिले भने वालि तथा पशुहरुको बिमा गर्न भन्दा क्षतिपूर्ति लिन गाह्रो भएको भन्दै त्यसलाई सहज बनाउँनुपर्ने बताएका थिए ।

कार्यक्रम जिल्लाका अगुवा कृषक बिजुलीबिक्रम नेम्बाङको प्रमुख आतिथ्यता र राष्ट्रिय कृषक समूह महासंघ पाँचथरका अध्यक्ष गणेश पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको महासंघका छ्योमाया तामाङले जानकारी दिइन ।