गठबन्धन बाटैमा अल्मलियो « Yalambar Times
२६ बैशाख २०८१, बुधबार

गठबन्धन बाटैमा अल्मलियो


यलम्वर टाइम्स
२६ चैत्र २०७८, शनिबार ०१:३०

अर्जुनधारा । केन्द्रमा भएको गठबन्धन स्थानीय तहमा आइपुग्दा छलफल र बहसमै अड्कीएको छ । संघले निर्माण गरेको नीति प्रेदश, जिल्ला र स्थानीय तहमा आइपुग्दा गठबन्धन बलियो हुने आधारमा शंका उत्पन्न भएको छ ।

झापामा गठबन्धन भएका दलहरु बैठक, छलफलमा सक्रिय देखिए पनि पालिकास्तरमा आइपुग्दा न्यून कार्यकर्ता भएको हुँदा भाग खोज्नेलाई कति दिन भन्ने विषयमा बहस चल्यो ।

संघीय समाजवादीका अध्यक्ष दिपेनवाला राईका अनुसार संघले बनाएको नीति स्थानीय तहसम्म पालना गरेर जानुपर्ने बताए । उता नेकपा माओवादी पनि गठबन्धनभित्रको दोस्रो शक्ति भएको कारण प्रमुख, उपप्रमुख हत्याउने दाउमा जुटेको छ ।

संख्यात्मक हिसाबले कम्ति देखिएको नेकपा समाजवादी पनि अर्जुनधारा, भद्रपुर र शिवसताक्षीमा प्रमुखको पदमा दाउ मारिरहेको छ ।

गठबन्धनभित्रकै माओवादीले बिर्तामोड, मेचीनगर जस्ता नगरपालिकामा कार्यकारी पदमा शसक्त उम्मेद्वारी रहने माग राखेका छन् । गठबन्धनदेखि बाहिर रहेको राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय लिम्बूवान मञ्च भने जसले सम्मान व्यवहार गर्छ उसँग नजिक भएर जाने तर्क राख्छन् ।

अर्जुनधारामा भने नेकपा समाजवादी, लिम्बूवान मञ्च, राप्रपाभन्दा जनमुक्ति सशक्त रहेको दाबी गर्दै आएका छन् । अर्जुनधारामै मंगोल नेशनल पार्टीले पनि फरकधारबाट आफ्नो अस्तित्व राख्न उम्मेद्वारी दिने भएको छ ।

मंगोललाई गठबन्धनको कुनै हाँगाले छोएको छैन भने अन्य दलबाट पनि सहकार्य गर्नुपर्छ भन्ने प्रस्ताव नआएको बताउँछन् ।