जयपुरमा प्रथम क्षेत्रीय तेक्वान्दो प्रतियोगिता हुने « Yalambar Times
२६ बैशाख २०८१, बुधबार

जयपुरमा प्रथम क्षेत्रीय तेक्वान्दो प्रतियोगिता हुने


यलम्वर टाइम्स
२३ पुष २०७३, शनिबार ०२:२२

jaypurजयपुर / तेक्वान्दो डोजाङ्ग बुधबारेले आउने माघ ६ र ७ गते प्रथम जयपुर आमन्त्रित क्षेत्रीय तेक्वान्दो प्रतियोगिता गर्ने भएको छ ।

शुक्रबार डोजाङ्गले पत्रकार सम्मेलन गर्दै उक्त कार्यक्रम गर्ने लागिएको जनाइएको छ । डोजाङ्गका अध्यक्ष पर्शुराम भण्डारी (सुजन भान्जा)ले आमन्त्रित प्रतियोगिताको लागि पहिलो पटक हुन गएको हुँदा सहयोग गर्न आव्हान गरेका थिए । प्रतियोगितामा आयोजकबाट १० जना सहित झापा, मोरङ्ग, सुनसरी, उदयपुर, सिराह, इलाम, ताप्लेजुङ्ग, पाँचथर, धनकुटा र संखुवासभा गरी रेफ्री सहित १५० जना सहभागि हुने बताएका छन् । प्रतियोगिताको पुरस्कार स्वर्ण पदक, रजत पदक १०/१० वटा रहने र काँस्य पदक भने २० वटा रहने जनाएका छन् ।

कार्यक्रमलाई सहयोग गर्न सहआयोजक नवज्योति युवा क्लब रहेको अध्यक्ष भण्डारीले जानकारी दिए । पहिलो पटक क्षेत्रीय स्तरको प्रतियोगिता गर्न लागिएको हुँदा विभिन्न सांगीतिक कार्यक्रम सहित जयपुरका पुराना खेलाडीहरुलाई समेत सम्मान गरीने जनाकारी दिए । प्रतियोगिताबाट संकलित केही रकम छात्रवृत्तिमा समेत राखिने जनाएका थिए ।

पत्रकार सम्मेलनमा तेक्वान्दोका केन्द्रीय सदस्य टार्जन सुब्बाले खेलको माध्यमबाट जयपुरलाई चिनाउन अह्म भूमिका खेल्ने भएको हुँदा यसलाई सहयोग गर्न स्थानीयवासीमा आव्हान गरेका थिए । कार्यक्रममा जिल्ला अध्यक्ष विजय न्यौपाने, प्रदिप श्रेष्ठ, हरि भुजेल, दिपक खवास, नवज्योति क्लबका अध्यक्ष मुक्ति न्यौपाने, उत्सव ढकाल, होम दुलाल, जेसीजका सेवन्त पोखरेल, चन्द्र गौतम, कर्ण दाहाल लगायतको आतिथ्य रहेको थियो ।