शासक होइन, सेवक भएर काम गर्नेछुः एमाले उम्मेद्वार गोम्देन « Yalambar Times
२५ बैशाख २०८१, मंगलवार

शासक होइन, सेवक भएर काम गर्नेछुः एमाले उम्मेद्वार गोम्देन


यलम्वर टाइम्स
१६ बैशाख २०७९, शुक्रबार ०९:४९

कालिझोडा । नेकपा एमाले अर्जुनधारा नगरपालिकाका प्रमुख पदका प्रत्यासी उम्मेद्वार बलदेव गोम्देनले निर्वाचित भए शासक होइन २४ सै घण्टा सेवक भएर काम गर्ने बताए ।

अर्जुनधारा वडा नं. १० कालिझोडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रत्यासी गोम्देनले सुशासनसँगै अपाङ्गता भएका आम नागरिकलाई आत्मानिर्भर बनाइने बताए ।

गोम्देनले पूर्वकै सुन्दर नगर बन्नमा आफ्नो कदम सक्रिय रहने बताउँदै एमालेबाट उम्मेद्वार रहेका सम्पूर्णलाई मतदान गर्न अनुरोध गरे ।

कार्यक्रममा उपप्रमुखका प्रत्यासी खड्गमाया पराजुलीले समावेशी नगर र न्याय सम्पदाको नगर भनेर निचाउन आफू अगाडि आएको बताइन् ।

उनले सम्पूर्ण नगरवासीसँग मत माग्दै नगरवासीको आर्थिक उन्नति र बेरोजगार अन्त्यका लागि आफ्नो पार्टी सदैव सक्रिय रहने बताइन् ।

वडाध्यक्षका प्रत्यासी उम्मेद्वार भुपेन्द्र न्यौपानेले वडालाई समृद्ध बनाउन कृषि, मानव संसाधन, धार्मिक सहिष्णुता र दुव्र्यवसनी मुक्त समाजमा जोड दिने बताए ।

कार्यक्रममा माननीय पवित्रा खरेल, नगर प्रमुख हरिकुमार राना र पार्टी जिल्ला उपाध्यक्ष प्रेम गिरीको उपस्थिति रहेको थियो ।