फिदिममा दोभाषेको लागि २१ जनाको निवेदन « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

फिदिममा दोभाषेको लागि २१ जनाको निवेदन


यलम्वर टाइम्स
६ श्रावण २०७३, बिहीबार १०:०७

सन्देश सुब्बा
फिदिम / जिल्ला अदालत पाँचथरमा दोभाषेको लागि २१ जनाको आवेदन परेको छ । अदालतबाट हुने कार्यसम्पादनलाई थप सहज, छिटो–छरितो र पारदर्शी बनाउँन दोभाषेको माँग भएकोमा २१ जनाले आवेदन दिएका हुन् ।
जिल्ला अदालतका श्रेष्तेदार टिकेन्द्रबीरजंग राणाका अनुसार विभिन्न ८ भाषाको लागि आवेदन परेको छ । परेका आवेदनमध्ये सबैभन्दा बढी लिम्बू भाषामा १० जनाको आवेदन परेको छ । त्यस्तै राई भाषाको लागि ३, मगर भाषाको लागि २, तामाङ भाषाको लागि २ साथै अंग्रेजी, हिन्दी र नेवारी भाषाको लागि १÷१ जनाको आवेदन परेको हो ।
दोषासे छनौंटका लागि गठित समितिले छनौंट गरी आवेदन दिने मध्ये आवस्यक्ता अनुसार १ भाषाको लागि १ वा सो भन्दा बढीलाई दोभाषेको प्रमाण(पत्र दिइने जिल्ला न्यायाधिश राजेन्द्र कुमार श्रेष्ठले बताए । दोभाषेले आवस्यक्ता अनुसार अदालतमा हाजिर भएर सम्बन्धित भाषाको नेपालीमा अनुवाद गर्नुपर्नेछ ।