अध्यक्ष पालुङ्वा सवार गाडी दुर्घटना « Yalambar Times
२६ बैशाख २०८१, बुधबार

अध्यक्ष पालुङ्वा सवार गाडी दुर्घटना


यलम्वर टाइम्स
७ भाद्र २०७९, मंगलवार ०८:११

भेडेटार । राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वा लगायत तीन जना दुर्घटनामा परेका छन् ।

पार्टी संगठनमा आवद्ध कार्यकर्ताहरुलाई चुनावी प्रशिक्षण दिन ताप्लेजुङ हिंडेका अध्यक्ष पालुङ्वा, उपाध्यक्ष विदु प्रकाश कायस्था र उपमहासचिव विष्णु थाङ्देन दुर्घटनामा परेका हुन् ।

उनीहरुसँगै अन्य यात्रीहरु पनि रहेका थिए । मंगलबार बिहान ८ः३० मा भेडेटार नजिक ब्रेक फेल भई गाडी भित्तामा ठोकिन पुग्दा दुर्घटना भएको थियो ।

गाडी भित्तामा नठोकिने हो भने सबै यात्रु भिरमुनी पुगिने अवस्था रहेको उपमहासचिव विष्णु थाङ्देनको भिडियो पोष्टबाट थाहा भएको छ ।

को. १ ज २५८१ नम्वरको बोलेरो धरानबाट लोकमार्ग हुँदै जानेक्रममा दुर्घटना हुँदा केन्द्रीय अध्यक्ष पालुङ्वाको मुखमा चोट लागेको छ भने उपाध्यक्ष विदु कायस्थाको घाँटीमा र थाङ्देनको हातमा चोट लागेको बताइएको छ ।

दुर्घटनापछि सुनसरीबाट खटिआएको ट्राफिक प्रहरीले मुचुल्का उठाउँदै पहाडी यात्रामा हिंड्नु अघि चेकचाक गर्न सवारी चालकलाई अनुरोध गरे ।

सो बाटो हुँदै ताप्लेजुङ जाने ट्याक्सीहरु १० वटाभन्दा बढी रहेको बताइएको छ ।