शहीद रत्नकुमारका सपना साकार पार्न हामी तयार छौंः पालुङ्वा « Yalambar Times
२९ बैशाख २०८१, शनिबार

शहीद रत्नकुमारका सपना साकार पार्न हामी तयार छौंः पालुङ्वा


यलम्वर टाइम्स
२१ कार्तिक २०७९, सोमबार ०६:१५

इभाङ । शहीद रत्नकुमार वान्तावाको शालिकमा फूलमाला अर्पण गर्दै शहीदको सपना अब जनमुक्तिको विचारले साकार पार्ने इलाम क्षेत्र नं. २ का उम्मेद्वार तथा पार्टी अध्यक्ष केपी पालुङ्वाले बताएका छन् ।

चुनावी प्रचार अभियान अन्तर्गत आईतबार माङसेबुङ १ इभाङमा रहेको शहीद वान्तावाको प्रतिमामा फूलमाला तथा अविर अर्पण गर्दै उम्मेद्वार पालुङ्वाले ठूला दलका नेताहरुले शहीदको शालिकलाई साँक्षी राखेर शहीदका सपनालाई बेवास्ता गरेका कारण आज कुनै पनि दीगो काम हुन सकेको ठोकुवा गर्दै शहीदको अगाडि उभिएर म भन्छु उनीहरुको सपना साकार पार्ने काममा आफू र आफ्नो पार्टीको ध्यान केन्द्रीत रहेको छ ।

कम्युनिष्ट नेताको रुपमा उभिएका वान्तावा पञ्चायतकालमा प्रहरीबाट हत्या गरिएको थियो । वान्तावा वर्गीय मुक्ति र स्वाधिनताका लागि इलामबाट कम्युनिष्ट पार्टीबाट आन्दोलनमा होमिएका थिए ।

शहीदको प्रतिमामा फुलमाला लगाउँदै पार्टीका संघीय सभा सदस्य लोक आङ्लाले शहीद रत्नकुमार वान्तावाको योगदानप्रति कम्युनिष्टहरुले पूर्ण ध्यान नदिएको आरोप लगाए ।

क्षेत्रीय उपाध्यक्ष धनराज सम्वाहाम्फेले रत्नकुमार जनजातिभित्रका तृष्ण दिमाग भएका नेता थिए । उनको हत्या प्रहरीबाट भए पनि उनले उठाएका विचारहरु अझै ताजा रहेको स्मरण गरे ।

पार्टीका गोविन थेवेको सभापतित्वमा भएको पुष्प अर्पण कार्यक्रमको सञ्चालन सीताराम राईले गरेका थिए ।