धेरै समस्या शान्ति समितिले मिलाउँदै « Yalambar Times
७ जेष्ठ २०८१, सोमबार

धेरै समस्या शान्ति समितिले मिलाउँदै


यलम्वर टाइम्स
१६ माघ २०७३, आईतवार ०६:४४

111शनिअर्जुन / लिना–दिनाको समस्या होस् या सधियार बीच हुने जग्गाको मनमुटाव होस् सबै किसिमको समस्याको सामाधान शान्ति समितिले छलफल र बहसबाट मिलाउँदै आएको छ ।

शनिअर्जुन शान्ति समितिले यस्तो भूमिका नखेलिदिने हो भने धेरै मानिसहरु एकआपसमा वैमनष्यता कायम भई झगडाको बिऊ गाउँमा रही रहने थियो । शान्ति समितिका अध्यक्ष भईसकेका दुर्गाबहादुर कटवालले बताए । प्रत्येक महिनाको ३ गते यस समितिको मिटिङ हुने गरेको छ । तर मुद्दा मामिलामा व्यापक छलफल गरिनु पर्ने भएको हुँदा महिनामा ३/४ पटक समेत बस्नु पर्ने शान्ति समितिका सक्रिय सदस्य कुसुम राईले बताइन् ।

शान्ति समितिमा हाल संयोजक गजेन्द्र कटवाल रहेका छन् । उनी माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्दै संयोजक बनेका हुन् । जुनसुकै दल संयोजक बने पनि समितिमा आएका मुद्दालाई सामाजिक व्यक्तित्व भएर छलफल गरिँदा धेरै समस्या हल भएको समितिका पूर्व अध्यक्ष मोहन काफ्लेले बताए । ‘समितिमा मुद्दा आईपरेपछि त्यो पार्टी यो पार्टी भनिदैन । सामाजिक न्यायबाट समाधान गरिदै आएको छ ।’ –सदस्य अम्बिका खतिवडाले प्रतिक्रिया दिए ।

नगरमा आईपरेका समस्यालाई समाधान गर्दा नगरपालिका र प्रहरी प्रशासनलाई पनि सजिलो हुँदै आएको देखिन्छ ।