छठी माईको सन्देश « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

छठी माईको सन्देश


यलम्वर टाइम्स
२० कार्तिक २०७३, शनिबार ०९:०६

नेपालीहरुको पर्व मध्ये पछिल्लो पटक हर्षोल्लासका साथ मनाउँदै आएको छठ पर्व राष्ट्रिय पर्वको रुपमा मानिदै आएको छ । यस पर्वको महिमा पञ्चायतकालमा त्यति महत्व दिइएको थिएन । प्रजातन्त्र उदयपछि आ–आफ्नो संस्कार खोज्ने क्रममा लुकेर रहेको पर्व छठलाई प्रचारमा ल्याएर सबै नेपालीहरुको पर्वको रुपमा विकसित गरिएको छ । त्यसैले यस पर्वको दिन राज्यले सार्वजनिक बिदाका रुपमा मनाउँदै आइएको छ ।

तराईमा बसोबास गर्ने मधेशी जनसमूदायमा यो पर्व आत्मिय पर्वको रुपमा रहेको उजागर भएपछि यसले मान्यता पाएको हो । यो पर्व त्यसै मनाइएको भने होइन, छठ सम्बन्धि एक ज्ञाताले दिएको सन्देश अनुसार छठ पर्वको साँझ पुरुष होस् या महिला अस्ताएको सूर्यलाई श्रद्धा पूर्वक पवित्र मनबाट प्राथना गर्दा र बिहान पख उदाएको सूर्यलाई जल चढाउँदा मनोकांक्ष पुरा भएको र त्यो कार्य मिथिला प्रदेशमा देवीले गरेको हुँदा सारा जनता सुखमय जीवन यापन गरेको हुँदा यसको छुट्टै महत्व छ । त्यसैले यो पर्वको दिन उपवास बसेर शुद्ध मनले छठी माईको पूजा आराधना गरे आफूले चिताएको मनोकामना पुरा हुने जनविश्वास भएको हुँदा यसको महत्व रहेको छ ।

हुन पनि हो । बहुधर्मिक मान्ने मानिसहरु बसोबास भएको हाम्रो देशमा आ–आफ्नै कला र संस्कृति रहिआएको छ । यति राम्रो धर्म संस्कृतिलाई बचाई राख्नु तपाई हाम्रो कर्तव्य पनि हो । मुलुक कोलाहलको वातावरणमा रुमलिरहेको बेला तपाई हामीलाई छठी माईको आर्शिवाद मिलोस् । देश बनाउन जुटेका राजनेताहरुलाई पनि छठी माईको पवित्र सन्देश मिलोस् । यही शुभकामना ।