शनिअर्जुनलाई नजिस्काउ « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

शनिअर्जुनलाई नजिस्काउ


यलम्वर टाइम्स
१९ मंसिर २०७३, आईतवार ०७:१०

झापा जिल्लाको छुट्टै पहिचान बोकेको शनिअर्जुनलाई बिर्तामोडमा गाभेर उपमहानगरपालिका बनाउने केही व्यक्ति देखापरेको तथ्य छ । राजनीतिक छलफल बिना दुईचार जना भेला भई पत्रकार सम्मेलन गरेर शनिअर्जुनको भावनालाई आफू खुशी नचलाउन यस क्षेत्रका जनताले आग्रह गरेका छन् ।

झापाकै पुरानो बजार अनि पूर्वकै पूर्वाधार बोकेको अर्जुनधारा जलेश्वरधाम र आर्थिक दृष्टिकोणले अगाडी बढ्दै गरेको शनिअर्जुन नगरपालिका भएको हुँदा यस क्षेत्रको संघसंस्था राजनीतिक दल र यस क्षेत्रका बुद्धिजीविहरुको भावना विपरित बोल्नु भनेको शनिअर्जुनवासीलाई जे गरेपनि हुन्छ भने जस्तै हो । त्यसैले शनिअर्जुनलाई नजिस्काउन यस क्षेत्रका संघसंस्थाले एक स्वरमा आग्रह गरेका हुन् ।

झापा जिल्लामा हुने विकासका लागि आवश्यक कच्चा पदार्थ पाइने विरिङ्ग, टाङटिङ्ग नदी यही क्षेत्रमा पर्छ । अन्नको उर्भर क्षेत्र पनि यही क्षेत्रमा पर्छ त्यति मात्र होइन नगदेवाली सुपारी, तरकारी साथै शैक्षिक प्रतिष्ठानको बलियो आधार यही क्षेत्रमा बन्दै आएको छ । पछिल्लो पटक नगरपालिका स्थापना भइसकेपछि विकासका हरेक संरचनाहरु बन्दै आएको छ ।

यसरी आफ्नो ठाउँ आफै बनाउने स्वाभिमानी जनता बसेको ठाउँ शनिअर्जुन भएको हुँदा दुईचार जनाले यस क्षेत्रको भावना विपरित कल्पना गर्नु र अखबारमा हौवा मच्चाउनु नियम संगत नभएको हुँदा शनिअर्जुनलाई जिस्काएर आफू लजास्पद नबन्न सम्बन्धित पक्षलाई आग्रह गरिन्छ ।