नवौं वर्षको, नौलो पाइला « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

नवौं वर्षको, नौलो पाइला


यलम्वर टाइम्स
७ श्रावण २०७३, शुक्रबार ०९:२५

यो अंकबाट हामी नवौं वर्षको पाईला चाल्दैछौं । अगाडी बढ्ने पाइलामा हामीलाई साथ दिनुहने तमाम् पाठक, शुभेच्छुक, विज्ञापन दाता, लेखक, साहित्यकार र यस पत्रिकासँग सम्बन्धित प्रतिनिधि, प्राविधिकहरुमा हार्दिक आभार प्रकट गर्दछौं । उहाँहरुलाई यलम्बर टाइम्स साप्ताहिक सम्पादक तथा प्रकाशक मण्डल सदैव उच्च स्थानबाट सम्मान गर्नेछ । उहाँहरुले यस साप्ताहिक अखबारलाई साथ नदिने हो भने सञ्चार र विकासका गतिविधिहरु बारे प्रकाशन गर्न शुन्य हुन जान्थ्यो, त्यसैले पनि उहाँहरुप्रति साधुवाद प्रकट गर्दछौं ।
पत्रकारिताको इतिहासमा यलम्बर टाइम्स एउटा आधार स्तम्भ बनेको छ । झापाको शनिअर्जुनमा पहिलो पटक सञ्चार प्रकाशन गृह स्थापना गरेर प्रत्येक शनिबार प्रकाशित हुँदै (ग्रामिण पत्रकारिता) आएको हुँदा प्रत्येक शनिवार आम पाठकहरुको नजरमा प्रिय बन्दै गएको छ । भन्नै पर्दा ग्रामिण पत्रकारिताको आधार स्तम्भ भएर प्रकाशित हुने हुँदा गाउँ–घरमा विकासका गतिविधि र जनताको पीडालाई आत्मसाथ गर्दै प्रकाशित भई सत्ता पक्ष समक्ष आवाज पु¥याइदिने एउटा गतिलो माध्यम बनेको छ । त्यसैले होला यलम्बर टाइम्स प्रेस काउन्सिल (राज्य पक्ष) को नजरमा पूर्वाञ्चल क्षेत्रीय ‘ख’ वर्गमा मान्यता आर्जन गरेको छ । यो सबै आम पाठक र हाम्रो प्रयासबाट हो भन्दा फरक पर्दैन ।
नेपाली पत्रकारिताको क्षेत्रमा नयाँ आयम थपिदै जाँदा विज्ञान प्राविधिले पनि फड्को मारी रहेको अवस्था छ । त्यसलाई आत्मसाथ गर्दै संसारभरि छरिएर रहेका आम शुभचिन्तकहरु माझ यही हप्ताबाट यलम्बर टाइम्स अनलाइन खबरको तयारीसँगै जनतामाझ आउँदैछौं । यही साप्ताहिक समाचारलाई आधार स्तम्भ बनाई अनलाइन शुरु गरेका हौं । अब ध्धध।थ्बबिmदभचतष्mभक।अयm लाई लग इन गरेर दैनिक रुपमा ताजा समाचार हेर्न सक्नु हुनेछ । अब गाउँ घरमा भएका विकासका गतिविधि संसारभर छरिएर रहेका आम नेपालीहरुका लागि नजिक हुनेछ । यो नवयात्रामा पनि यहाँहरुको अमूल्य सुझावसँगै साथ मिल्ने छ भन्नेमा आशावादी छौं ।