कांग्रेसको प्रचार अभियान सुरु « Yalambar Times
२७ बैशाख २०८१, बिहीबार

कांग्रेसको प्रचार अभियान सुरु


यलम्वर टाइम्स
१८ चैत्र २०७८, शुक्रबार ११:०५

[सुम्निमा]

अर्जुनधारा । नेपाली कांग्रेस अर्जुनधारा नगर समितिले शुक्रबारबाट प्रचार अभियान सुरु गरेको छ ।

प्रचार अभियानमा नगर सभापति हेमराज खरेल, नेता भरत बुढाथोकी, मदन बुढाथोकी, दलित नेता राजकुमार बराइली महिला नेतृ लीला कटुवाल, तरुण दलका विजय साम्पाङ लगायतको अगुवाईमा वडा नं. ८ बजार परिक्रममा गरेका थिए ।

कांग्रेस जिताऔं अभियान अन्तर्गत उक्त र्याली शनिश्चरे बजार परिक्रमा गर्दै गाउँ प्रवेश गरेको थियो । हातमा पर्चापम्प्लेट बोकी
यो पटक कांग्रेसलाई जीताउन सबैसँग आग्रह गरेका थिए ।