अर्जुनधारामा राप्रपा र नेकपा एकीकृत समाजवादीले पनि दिए उम्मेद्वारी « Yalambar Times
२५ बैशाख २०८१, मंगलवार

अर्जुनधारामा राप्रपा र नेकपा एकीकृत समाजवादीले पनि दिए उम्मेद्वारी


यलम्वर टाइम्स
१६ बैशाख २०७९, शुक्रबार ०९:५३

अर्जुनधारा । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले छुट्टा छुट्टै उम्मेद्वारी दर्ता गराएको छ ।

अर्जुनधारा नगरपालिकाको प्रमुख पदका लागि राप्रपाबाट सूर्यकुमार खतिवडाले उम्मेद्वारी दर्ता गराएका थिए भने उपप्रमुख तारादेवी बस्नेतले उम्मेद्वारी दिएको निर्वाचन आयोग अर्जुनधाराले जनाएको छ ।

एकीकृत समाजवादीबाट नगर प्रमुखमा रमा खवास र उपप्रमुखमा प्रेमसागर सापकोटाले उम्मेद्वारी दिएका छन् ।

यसरी नै राप्रपाबाट वडा नं. १ मा विशाल खड्काले वडाध्यक्षमा उम्मेद्वारी दिएका छन् भने सदस्यहरुमा गोविन्दबहादुर नेपाली, राजु तामाङ, खीनाकुमारी भट्टराई र लीला सुनार रहेका छन् ।

वडा नं. १ मै समाजवादीबाट वडाध्यक्ष कृष्णबहादुर लोहार, सदस्यहरुमा राजेन्द्र येक्तेनले उम्मेद्वारी दिएका छन् ।

वडा नं. २ मा राप्रपाबाट अध्यक्षमा चन्द्रप्रसाद आचार्य, सदस्यमा ताराकुमार प्रधान, सन्तोष आले, नरिना उप्रेती, गोमादेवी परियार रहेका छन् ।

वडा नं. २ मा भने समाजवादीको उम्मेद्वारी परेको छैन भने स्वतन्त्रबाट योगप्रसाद आचार्यले वडाध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् ।

यस्तै वडा नं. ३ मा राप्रपाबाट अध्यक्षमा तिलबहादुर रम्तेल रहेका छन् भने स्वतन्त्रबाट ठाकुरप्रसाद सुवेदी, प्रसादकुमार गुरागाईले उम्मेद्वारी दिएका छन् ।

वडा सदस्यमा राप्रपाबाट पृथ्वीराज पौडेल, विक्रम बुढाथोकी, मातृका गौतम, राधिका रम्तेल रहेका छन् ।

समाजवादीबाट वडा सदस्यमा लक्ष्मीराम शर्मा तिम्सिनाले उम्मेद्वारी दिएका छन् ।

यस्तै वडा नं.४ बाट रुद्रबहादुर पौडेलले राप्रपाबाट वडाध्यक्षमा उम्मेद्वारी दिएका छन् भने उन्नत लोकतन्त्र पार्टीबाट बुद्धिलाल दनुवारले पनि वडाध्यक्षमा उम्मेद्वारी दर्ता गराएका छन् ।

वडा नं. ४ कै वडा सदस्यहरुमा राप्रपाबाट छविलाल खनाल, डिकबहादुर कार्की, लीला अधिकारी रहेका छन् ।

समाजवादीले वडाध्यक्षमा उम्मेद्वारी दिएको छैन भने वडा सदस्यमा देवीप्रसाद बराललाई उम्मेद्वार बनाएको छ ।

वडा नं. ५ मा राप्रपाबाट वडाध्यक्षमा बिन्दू थापाले उम्मेद्वारी दर्ता गराएकी छिन् भने समाजवादीबाट उमानाथ लम्सालले वडाध्भ्यक्षमै उम्मेद्वारी दिएका छन् ।

सदस्यहरुमा राप्रपाबाट ओमबहादुर श्रेष्ठ, स्यामराज सापकोटा, सरीता धिताल, मधुकुमारी सुन्दास रहेका छन् भने समाजवादीबाट दिपेन्द्र थारुले उम्मेद्वारी दिएका छन् ।

वडा नं. ६ को वडाध्यक्षमा राप्रपाबाट कमलप्रसाद आचार्य र समाजवादीबाट अर्जुन मेचेले उम्मेद्वारी दर्ता गराएका छन् ।

सदस्यहरुमा राप्रपाबाट नगेन्द्र मैनाली, सहदेव चौहान, सिर्जना पराजुली, यशोदा बर्देवा रहेका छन् भने समाजवादीबाट कमलप्रसाद सञ्जेल, मोतीलाल दनुवार, चन्दा रजत मगर रहेका छन् ।

वडा नं. ७ को वडाध्यक्षमा राप्रपाबाट विष्णुप्रसाद शिवाकोटी, समाजवादीबाट इन्दिरा दंगालले उम्मेद्वारी दिएका छन् ।

वडा सदस्यहरुमा समाजवादीबाट लक्ष्मी खतिवडा रहेका छन् ।

वडा नं. ८ मा वडाध्यक्षका लागि राप्रपाबाट रामप्रसाद सञ्जेलले उम्मेद्वारी दिएका छन् ।

त्यस्तै वडा नं. ९ मा वडाध्यक्षका लागि राप्रपाबाट पर्शुराम रिजालले उम्मेद्वारी दिएका छन् भने सदस्यमा भक्तबहादुर विष्ट, लक्ष्मणप्रसाद गौतम, मीनाकुमारी बस्नेत, हरिमाया विश्वकर्मा रहेका छन् ।

समाजवादीबाट खेमराज नेपालले उम्मेद्वारी दिएका छन् ।

वडा नं. १० मा राप्रपाबाट दिपक शिवाकोटीले वडाध्यक्षमा उम्मेद्वारी दिएका छन् भने चम्पामाया राईले नेपाल लोकतान्त्रिक पार्टी, गान्धारी मिश्रले स्वतन्त्रबाट वडाध्यक्षमा उम्मेद्वारी दिएका छन् ।

वडा सदस्यहरुमा राप्रपाबाट रमेशप्रसाद मैनाली, अर्चना पराजुली, प्रमिला विश्वकर्मा र समाजवादीबाट कुमार रायाले उम्मेद्वारी दिएका छन् ।

त्यस्तै वडा नं. ११ को वडाध्यक्षका लागि जनता समाजवादी पार्टीबाट सुरज प्रधान, एकीकृत समाजवादी कृष्णप्रसाद ओली, नेपाल विवेशील पार्टीबाट टंकबहादुर चम्लगाईं, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जीवन सुवेदीले उम्मेद्वारी दिएका छन् ।

सदस्यमा राप्रपाबाट गणेश दाहाल, दिपक दंगाल, रीता चौधरी, गंगादेवी खाती रहेका छन् । एकीकृत समाजवादीबाट गुमानसिंह राई, लासाहाङ लिम्बू, स्मिता उराउ, झरना विश्वकर्माले उम्मेद्वारी दिएका छन् ।