झापा क्षेत्र नं. ४ मा जनमुक्तिको उम्मेद्वारी दर्ता « Yalambar Times
८ जेष्ठ २०८१, मंगलवार

झापा क्षेत्र नं. ४ मा जनमुक्तिको उम्मेद्वारी दर्ता


यलम्वर टाइम्स
२४ आश्विन २०७९, सोमबार ०८:१९

झिलझिले । आगामी मंसीर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि झापा क्षेत्र नं. ४ मा राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट बिनोद ताप्मादेनले उम्मेद्वारी दर्ता गराएका छन् ।

समतामूलक समाज र पहिचानको विषयमा वकालत गर्दै आएका ताप्मादेन जनमुक्तिका युवा नेता हुन् ।

ताप्मादेनले आईतबार निर्वाचन आयोगमा आफ्नो मनोनयन दर्ता गराएपछि कार्यकर्ता बीच आफ्नो कुरा राख्दै पहिचान, संघीयता र समतामूलक समाजको मुद्दा उठाउने पहिलो दल जनमुक्ति भएको हुँदा सम्र्पूण पहिचानवादीहरु एक हुनुपर्ने समय आएको बताए ।

उनले पहिचान विरोधी दलहरुकै कारण प्रदेश १ ले नाम समेत पाउन नसकेको बताउँदै आउँदो चुनावमा त्यस्ता दललाई पाखा लगाउनुपर्ने बताए ।

नेता ताप्मादेनले जनमुक्तिको चुनाव चिन्ह घरमा मतदान गरेर विजय गराइदिन अनुरोध पनि गरे ।

त्यस्तै प्रदेश सभाका लागि झापा क्षेत्र नं. ४ ‘क’ मा संगीता नेम्वाङ र ‘ख’ मा मानु साम्मेखामले उम्मेद्वारी दिएका छन् ।