बिर्तामोडमा पूर्व महिला जनप्रतिनिधिलाई पैरवी तालिम « Yalambar Times
८ जेष्ठ २०८१, मंगलवार

बिर्तामोडमा पूर्व महिला जनप्रतिनिधिलाई पैरवी तालिम


यलम्वर टाइम्स
२७ आश्विन २०७९, बिहीबार ०९:४१

बिर्तामोड । झापा बुद्धशान्ति गाउँपालिका र बिर्तामोड नगरपालिकाका पूर्वमहिला जनप्रतिनिधिलाई नेतृत्व विकास गर्ने उद्देश्यले बुधबारबाट पैरवी तालिम सुरु भएको छ ।

दलित महिला केन्द्र नेपालको आयोजनामा, आईएफइएसको प्राविधिक सहयोग, अष्ट्रेलियन एड र स्विस सरकार आर्थिक सहयोगमा पूर्व महिला जनप्रतिनिधि लक्षित महिला नेतृत्व कार्यक्रम पैरवी सम्बन्धी प्रशिक्षण सुरु गरिएको हो ।

प्रशिक्षणमा बुद्धशान्ति गाउँपालिका, बिर्तामोड नगरपालिकाका पूर्व जनप्रतिनिधि महिला सदस्य, दलित महिला सदस्यहरुको सहभागीता रहने दलित महिला केन्द्रकी झापा संयोजक सम्झना पोखरेलले जानकारी दिइन् ।

४ दिनसम्म चल्ने प्रशिक्षणमा पूर्व जनप्रतिधि महिलालाई राजनीति र सामाजिक रुपमा नेतृत्व विकास गराउन पैरवी तालिमको महत्वपूर्ण भूमिका रहेन संयोजक पोखरेलले जानकारी दिइन् ।

उक्त प्रशिक्षणमा पैरवीको पुनरावलोकन, पैरवीका विषयवस्तुहरु, समस्या विश्लेषण, पैरवीको उद्देश्य निर्धारण, पैरवी सन्देशको परिचय, सरोकारवालाको विश्लेषण सरोकारवालासँग सहकार्य र पैरवी योजना निर्माण जस्ता विषयमा सहजीकरण गरिने सहजकर्ता पुनम मण्डलले जानकारी दिइन् ।

बिर्तामोडको होटल डेनियलमा संचालन हुने प्रशिक्षण कार्यक्रमको सहजीकरण नेपालका पुनम मण्डल र नरेश खातीले गरिरहेका छन् ।