जनताको विश्वासलाई घात गर्दिनः प्रदेश सभा उम्मेद्वार पाठक « Yalambar Times
८ जेष्ठ २०८१, मंगलवार

जनताको विश्वासलाई घात गर्दिनः प्रदेश सभा उम्मेद्वार पाठक


यलम्वर टाइम्स
१ कार्तिक २०७९, मंगलवार ०७:२९

बुद्धशान्ति । नेकपा एमालेका तर्फबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार चिन्तन पाठकले जनताले आफूलाई गरेको विश्वासलाई घात नगर्ने प्रतिबद्धता जनाए ।

प्रदेश सभाका लागि झापा क्षेत्र नम्बर २ ‘ख’ मा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका पाठकले आम मतदाता र जनताको शीर झुक्न नदिने बताए ।

बुद्धशान्ति गाउँपालिका २ मा आयोजित वडा स्तरीय संयुक्त कार्यक्रता भेलालाई सम्बोधन गर्दै प्रदेश कमिटि सचिव समेत रहेका पाठकले राष्ट्र हितका लागि एमाले र राप्रपा संयुक्त अभियानमा जुटेको बताउँदै आफ्नो पक्षमा मत जाहेर गर्न आग्रह गरे ।

उनले समृद्ध नेपालका लागि नेकपा एमालेको सरकारले गरेका कामहरु जनताले प्रस्ट बुझेको बताउँदै मुलुक निर्माणमा एमाले सरकारले गरेका कामहरु गर्वले भन्न सक्ने अवस्थाको सिजर्ना भएको बताए ।

नेपाली काँग्रेस, माओवादी केन्द्र लगायतका दलहरुको गठबन्धन अपवित्र भएको उनको टिप्पणी थियो ।

उम्मेद्वार पाठकले राष्ट्र हितका लागि जनताले गठबन्धनलाई चुनावबाटै परास्त गराउनुपर्ने बताए ।