प्रचार अभियान तीब्र बनाउने संयुक्त संयन्त्रको निर्णय « Yalambar Times
८ जेष्ठ २०८१, मंगलवार

प्रचार अभियान तीब्र बनाउने संयुक्त संयन्त्रको निर्णय


यलम्वर टाइम्स
१ कार्तिक २०७९, मंगलवार ०७:५२

बिर्तामोड । प्रतिगमन विरुद्ध संगठित लोकतान्त्रिक–बाम गठबन्धन दलको संयुक्त संयन्त्र झापाको बैठकले प्रचार अभियानलाई तीब्र बनाउने निर्णय गरेको छ ।

संयन्त्रका अध्यक्ष एवम् कांग्रेस कार्यबाहक सभापति केशवराज पाण्डेको अध्यक्षतामा सम्पन्न बैठकले गठबन्धनमा आबद्ध दलहरुका तरुण, युवा, विद्यार्थी, मजदुर, किसान, महिला, भातृ तथा जनवर्गीय संगठनको प्रतिनिधिसभा, क्षेत्र, प्रदेशसभा क्षेत्र र वडा तहसम्म संयुक्त समिति गठन गरी गठबन्धन दलका उम्मेद्वारहरुलाई विजयी गराउन प्रचार अभियानलाई तीब्र बनाउने निर्णय गरेको हो ।

यसैगरी बैठकले गठबन्धन दलका भातृ तथा जनवर्गीय संगठनका जिल्ला, क्षेत्र, प्रदेश क्षेत्र र गाउँ÷नगरस्तरका पदाधिकारीहरुको संयुक्त भेला आगामी कात्तिक ४ गते गर्ने निर्णय गरेको संयन्त्रका सदस्य कृष्ण हुमागाईले जानकारी दिए ।

बैठकमा नेकपा एसका बेदराज रेग्मी, नेकपा माओवादीका राजु आचार्य अग्नी, शेरबहादुर भट्टराई, कृष्ण हुमागाई, मोहन टुडु, कुबेर श्रेष्ठ, वीपी भट्टराई लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै बिर्तामोडमा भएको गठबन्धनमा आबद्ध दलका विद्यार्थीहरुको संयुक्त भेलाले पाँच सदस्यीय जिल्ला संयन्त्र गठन गरेको छ ।

नेपाली कांग्रेस आबद्ध नेपाल विद्यार्थी संघ, नेकपा माओवादी निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठन र नेकपा एस निकट अनेरास्ववियुको संयुक्त जिल्ला भेलाले गठबन्धन दलका उम्मेद्वारहरुको पक्षमा प्रचार–प्रसार अभियान तीब्र पार्दै जनलहर सिर्जना गर्ने उद्देश्यले संयन्त्र गठन गरेको हो ।

नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेतीको संयोजकत्वमा गठित समितिको सहसंयोजक रञ्जन धमला, सचिव हरि भट्टराई र सदस्यहरुमा सहदेव भट्टराई र नवीन सिटौला रहेका छन् ।

राजेन्द्र उप्रेतीको सभापतित्वमा सम्पन्न संयुक्त भेलाले पाँचवटै क्षेत्र र १० वटै प्रदेशक्षेत्रस्तरमा निर्वाचन प्रचार–प्रसार समिति गठन गरेको छ ।

जसअन्तर्गत झापा क्षेत्र नं–१ संयोजकमा सञ्जय निरौला, झापा क्षेत्र नं–२ संयोजकमा अनिल सुवेदी, झापा क्षेत्र नं–३ को संयोजकमा नारायण नेपाल, क्षेत्र नं–४ को संयोजकमा अशोक पाठक र क्षेत्र नं–५ को संयोजकमा नवराज ढकाल रहेका छन् ।

यसैगरी झापा क्षेत्र नं–१ प्रदेश क को संयोजकमा अर्जुन गौतम, ख को संयोजकमा सुसन लम्साल, क्षेत्र नं–२ क संयोजकमा एलेक्स मैनाली, ख मा गोकुल पौडेल, झापा क्षेत्र नं–३ क मा मनिस दाहाल, ख मा सञ्जय शाह, झापा क्षेत्र नं–४ को क संयोजकमा विरेन्द्र बस्नेत र ख मा आवास खरेल एवं झापा क्षेत्र नं–५ क संयोजकमा बाबुराम नेपाल, ५ को ख मा राजन चापागाई रहेका छन् ।