जेसीजको राष्ट्रिय उपाध्यक्षमा भिड्दै अर्जुनधाराका अध्यक्ष भिम « Yalambar Times
८ जेष्ठ २०८१, मंगलवार

जेसीजको राष्ट्रिय उपाध्यक्षमा भिड्दै अर्जुनधाराका अध्यक्ष भिम


यलम्वर टाइम्स
७ कार्तिक २०७९, सोमबार ०९:३५

अर्जुनधारा । अर्जुनधारा जेसीजका अध्यक्ष भिमबहादुर कुँवर ‘राजु’ यो पटक राष्ट्रिय उपाध्यक्षको पदमा आफ्ना उम्मेद्वारी प्रस्तुत गरेका छन् ।

छोटो समयमा चर्चामा पुग्न सफल अर्जुनधारा जेसीजले कुँवरलाई राष्ट्रिय उपाध्यक्षको रुपमा उभ्याएको छ ।

पूर्व अध्यक्षहरुको सहमतिमा अध्यक्ष कुँवर वर्ष २०२३ मा हुने राष्ट्रिय महाधिवेशनमा उम्मेद्वारी दिने भएको बताइएको छ ।

यसअघि पनि अर्जुनधारा जेसीजबाट राष्ट्रिय उपाध्यक्षको लागि उम्मेद्वारी दिए पनि झिनो मतले पराजयको सिकार बनेको थियो ।

तर, यो पटक भने सबैसँगको सम्बन्धले उपाध्यक्ष हात पर्ने देखिन्छ ।