बाँसुरीको धुनले यायोक्खाको देउसी–भैलोलाई रोचक बनायो « Yalambar Times
८ जेष्ठ २०८१, मंगलवार

बाँसुरीको धुनले यायोक्खाको देउसी–भैलोलाई रोचक बनायो


यलम्वर टाइम्स
१३ कार्तिक २०७९, आईतवार ०८:३७

अर्जुनधारा । किरात राई यायोक्खा अर्जुनधारा नगर समितिले शनिश्चरे बजारको देवकोटा चोकमा सामूहिक परम्परागत देउसी कार्यक्रम सम्पन्न गरेको छ ।

क्या. मानबहादुर राईको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि वडा नं. ८ का वडाध्यक्ष कुमार उप्रेती रहेका थिए ।

सामूहिक देउसी कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उप्रेतीले राई यायोक्खाको स्तरोन्नतिका लागि यो वर्ष एक लाख रुपैयाँ छुट्याइएको बताए ।

मौलिक र परम्परागत देउसे कार्यक्रम भएको हुँदा यायोक्खाको सांगीतिक नृत्यको पनि अध्यक्ष उप्रेतीले प्रशंसा गरे ।

कार्यक्रममा राईहरुको सामूहिक साकेला नृत्यसँगै विभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा उपाध्यक्ष क्या. शिवकुमार राईले बाँसुरीबाट मन्त्रमुग्ध हुने खालका धुन बजाएका थिए ।

बाँसुरीको धुन गुञ्जीएपछि बजारबासीहरु पनि झुमिएका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि चतुर्भुज काफ्लेले कोलाहल मुक्त देउसी–भैलो कार्यक्रम आयोजना गरेकोमा यायोक्खालाई धन्यवाद दिएका थिए ।

पूर्व सचिव चन्द्रकला राईले सञ्चालन गरेको कार्यक्रममा यलम्वर टाइम्स तथा यायोक्खाका जिल्ला सल्लाहकार दिपीन राई, परिषद सदस्य सरु बुढाथोकी, जिल्ला सदस्य मानबहादुर राई, पूर्व उपाध्यक्ष मिश्रकुमारी राई, भिमेश्वर राई, नारायण राई, भूपा राई, प्रमिला राई, सोमा राई, सुम्निमा राई लगायतको उपस्थिति रहेको थियो ।

देउसी भैलो पश्चात सामूहिक चियापानको पनि आयोजना गरिएको थियो ।