समाज उद्धार कल्याण संघ अर्जुनधारामा पुनः गुरागाई « Yalambar Times
८ जेष्ठ २०८१, मंगलवार

समाज उद्धार कल्याण संघ अर्जुनधारामा पुनः गुरागाई


यलम्वर टाइम्स
२७ कार्तिक २०७९, आईतवार ०८:०९

अर्जुनधारा । अर्जुनधारा ७ मा रहेका समाज उद्धार कल्याण संघको आठौँ अधिवेशनले अध्यक्ष पदमा पुनः धर्मानन्द गुरागाईंलाई चयन गरेको छ ।

संघको कार्यालय रहेको अर्जुनधारा खेल मैदानमा शनिबार भएको अधिवेशनले गुरागाईंको नेतृत्वमा २१ सदस्यीय कार्य समिति चयन गरेको हो ।

कार्यक्रमबाट बरिष्ठ उपाध्यक्षमा दुर्गा न्यौपाने, उपाध्यक्षद्वयमा हरिभक्त बराल र राजन थापा, महासचिवमा पुनः मेदनीप्रसाद ढुंगेल निर्विरोध चयन भएका छन् । यस्तै, सचिवमा गंगा थापा र कोषाध्यक्षमा कोपिला भण्डारी पनि चयन भए ।

यसैगरी, विधानअनुरुप संस्थाले निर्माण गरेको ७ वटा ब्लकका संयोजक स्वतः पदेन सदस्य रहने व्यवस्था छ । जसअनुसार क्रमिक रुपले अम्बिका पोख्रेल, विना पोख्रेल, दिपक भट्टराई, राजेन्द्र निरौला, डम्बरबहादुर भण्डारी, खगेन्द्रप्रसाद अधिकारी र रामबहादुर बस्नेत सदस्यमा छन् ।

आजै भएको अधिवेशनबाट सर्वसम्त हुने सदस्यहरुमा देवका न्यौपाने, युवराज धिताल, गणेश भट्टराई, टिका पोख्रेल, सुरेश भट्टराई, सुरेश अधिकारी र अमृता चापागाईं रहेका छन् । यस्तै, लेखा समितिको संयोजकमा देवेन्द्र मैनाली र सदस्यमा भुपेन्द्र भट्टराई र तेजु बराल चुनिएका छन् ।

अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा संघका अध्यक्ष गुरागाईले सांगठनिक र सचिव ढुंगेलले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा उपप्रमुख पराजुली, वडाध्यक्ष गोविन्द खतिवडा, पूर्व वडाध्यक्ष नविन ढुंगाना, सल्लाहकारहरु कमल गुरागाईं, भिमचन्द्र भट्टराईलगायतले शुभकामना दिएका थिए ।

सोही कार्यक्रममा आफ्ना ज्येष्ठ सदस्यलाई नगदसहित सम्मान गरिएको थियो । संघका महासचिव ढुंगेलका अनुसार ७५ वर्ष पुगेका करिब ८० जना बृद्धबृद्धालाई नगदसहित सम्मान गरिएको हो । सामाजिक कार्यसहित गाउँघरमा मरिमराउ पर्दा सहयोग जुटाउने उद्देश्यले २०५५ सालमा स्थापित संस्थामा हाल ४५९ जना साधारण सदस्य रहेका छन् ।