कर्मचारी मिलन केन्द्रको स्मारिका बिमोचन « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

कर्मचारी मिलन केन्द्रको स्मारिका बिमोचन


यलम्वर टाइम्स
२२ श्रावण २०७३, शनिबार ०९:०५

पाँचथर / कर्मचारी मिलन केन्द्रले प्रकाशन गरेको ‘पाँचथर मिलन’ नामक स्मारिकाको बिहीबार फिदिममा बिमोचन भएको छ ।

स्मारिकाको जिल्ला न्यायाधिश राजेन्द्र कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी किरण थापा, मिलन केन्द्रका अध्यक्ष लावन्यराज दाहाल, पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष मित्र प्रसाद काफ्ले र नेपाल पत्रकार महासंघ पाँचथरका सचिव गिरिराज बाँस्कोटाले संयुक्त रुपमाा बिमोचन गरे ।

स्मारिकामा केन्द्रका गतिविधि साथै जिल्लाको सामाजिक, साँस्कृतिक लगायतका विषयवस्तु समेटिएका छन् ।