साम्राज्ञी झापा आउँदै « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

साम्राज्ञी झापा आउँदै


यलम्वर टाइम्स
१२ भाद्र २०७५, मंगलवार ०७:१९

अर्जुनधारा । अहिलेकी चर्चीत नायिका साम्राज्ञी राज्य लक्ष्मि शाह झापा आउने भएकी छिन् ।
एजुकेशन एण्ड माइग्रेसन कर्नरको आयोजनामा हुने गाइरहेको एजुकेशनल सेमिनारमा सहभागी हुन शाह भापा आउन लागेकी हुन् ।

शाह एजुकेशन एण्ड माइग्रेशन कर्नरकी ब्राण्ड एम्बेष्टर समेत रहेकी छिन् । उनी आगामी भदौ १६ गते बिर्तामोडको होटल होलिडे होममा हुने सेमिनारमा सहभागी हुने एजुकेशन एण्ड माइग्रेसन कर्नरका निर्देशक सुनिल उप्रेतीले जानकारी दिए ।

सेमिनारमा अष्ट्रेलिया, युरोप, जापान लगायतका देशमा उच्च शिक्षाका लागि जान चाहाने नेपाली विद्यार्थीहरुलाई परामर्श दिइने छ ।

कार्यक्रममा बिभिन्न एजुकेशनल गेम्स पनि रहने बताइएको छ । सेमिनारमा फ्रि इन्ट्रीको व्यवस्था गरिएको छ ।