ऋद्धिसिद्धीको १० औं वार्षिक साधारणसभा « Yalambar Times
१५ बैशाख २०८१, शनिबार

ऋद्धिसिद्धीको १० औं वार्षिक साधारणसभा


यलम्वर टाइम्स
२३ भाद्र २०७५, शनिबार ०२:५२

अर्जुनधारा । ऋद्धिसिद्धी महिला कृषि सहकारी संस्थाको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

महिलाहरुको मात्र शेयर पूँजी रहेको यस संस्थाले विभिन्न सामाजिक काम गर्दै कृषिमा आधारित खेति गर्ने लक्ष्य लिएको छ ।

१० औं साधारणसभालाई उद्घाटन गर्दै प्रमुख अतिथि हरिकुमार रानाले कृषिमा आधारित नगर अर्जुनधारा भएको हुँदा अग्र्यानिक खेतितर्फ व्यवसायीक हुन शेयर सदस्यहरुलाई आग्रह गरेका थिए ।

साधारणसभामा अध्यक्ष कुसुम राई, लेखा समितिका संयोजक चन्द्रकला निरौला र प्रबन्धक चन्द्रकला राईले संस्थाको प्रगति प्रतिवेदन, लेखा र आर्थिक कारोबार गरिएका प्रतिवेदन पेश गरेका थिए ।

सभामा असल बचतकर्ता शान्तिदेवी शाह, पवित्रा बस्नेत, असल ऋणि पार्वती तामाङ, रुविना थापा, असल पशुपालन गर्ने सदस्य मिना दनुवार, ज्येष्ठ सदस्य थामसरी राई, सुभद्रा गे्रलाललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा उपस्थित सबैलाई उपाध्यक्ष रुपा गौतमले स्वागत गरेकी थिइन् भने श्रद्धाका प्रेमसागर सापकोटा, लालिगुराँसका मेनुका पौडेल, सहकारी संघ झापाका सदस्य तुलसा कुँवर, कालिका बहुउद्देश्यीका कर्ण तामाङ, जलेश्वर सहकारीका गोविन्द खतिवडा, प्रहरी चौकी इन्चार्ज राजन खड्का लगायतको आतिथ्य रहेको थियो ।