निशुले ल्याइन फेरि अर्को गीत « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

निशुले ल्याइन फेरि अर्को गीत


यलम्वर टाइम्स
२५ पुष २०७५, बुधबार १२:४०

बिर्तामोड । गायिका निशु ढकालको स्वर रहेको ‘म कहाँ थिएँ…’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायिका निशु ढकाल पछिल्लो समय सांगीतिक क्षेत्रमा सक्रिय गायिका हुन् । संगीतमा भविष्य खोज्दै गायिका निशु विगत केही बर्षदेखि सांगीतिक यात्रामा निरन्तर क्रियाशील छिन् ।

हालै उनले अर्को नयाँ गीत ‘म कहाँ थिए…’ बोलको गीतको भिडियो बजारमा ल्याएकी हुन् । नवीन के तिम्सिनाको शब्द, संगीत तथा एरेन्ज रहेको उक्त गीतको भिडियोमा स्मारिका, पूजा, किशोर र प्रकाशको नृत्य रहेको छ ।

ओएसआर डिजिटल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतले राम्रो चर्चा परिचर्चा पाइरहेको छ ।