विभिन्न कार्यक्रम सहित अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइयो « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

विभिन्न कार्यक्रम सहित अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइयो


यलम्वर टाइम्स
१३ माघ २०७५, आईतवार ०६:११

विराटनगर । ६७ औ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा विराटनगर भन्सार कार्यालयले विविद्य कार्यक्रम गरी मनाएको छ ।

‘स्मार्ट बोर्डस फर सिमलेस टे«ड, ट्रावल एण्ड टान्सर्पोट’ को मुख्य नाराको साथ भन्सार कार्यालयले विराटनगरमा विविद्य कार्यक्रम गरि मनाएको हो ।

भन्सार दिवसको अवसरमा ब्याटमिन्टन, एक दिवसीय मैत्रीपूर्ण फुटबल, विराटनगर १८ स्थित सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीहरूलाई स्टेशनरी सामाग्रीको साथै खाजा वितरण गरिएको गरिएको थियो ।

भन्सार दिवसको अवसर पारेर अयोजना गरिएको विभिन्न प्रतियोगिताको विजेता हुने खेलाडीहरूलाई शनिबार भन्सार कार्यालमा एक भव्य कार्यक्रम आयोजना गरि पुरस्कार वितरण गरियो ।

विजेता हुनेहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रमुख अतिथि मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, विराटनगर भन्सार कार्यालयका प्रमुख मिमांश अधिकारीले वितरण गरेका थिए ।

सोही अवसरमा रक्तदान र सरसफाइ कार्यक्रम समेत आयोजना गरियो । रक्तदानमा ६७ पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक देवकीनन्दन शर्माले जानकारी दिए । सरसफाइ भने भन्सार कार्यालय परिसर गरिएको थियो ।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद केसीले बदलिदो परिस्थिति अनुसार भन्सार परिस्कृत हुनुपर्ने बताए ।

उनले राजस्व संकलनमा भन्सारको महत्वपूर्ण योगदान रहेको बताए । कार्यक्रममा विराटनगर भन्सार एजेन्ट संघको कार्यवाहक अध्यक्ष नवलप्रसाद उपाध्ययले स्वागत गर्दै राजस्व संकलनमा भन्सार एजेन्टले महत्वपूर्ण भूमिका रहेको बताए ।

कार्यक्रममा उद्योग बाणिज्य संघ १ नम्बर प्रदेशका उपाध्यक्ष राजेन्द्र राउत, मोरङ व्यापार संघको सदस्य सुनिल तिबडेवालले बोलेका थिए ।