गजल प्रतियोगिताको शीर्ष १० मा को–को « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

गजल प्रतियोगिताको शीर्ष १० मा को–को


यलम्वर टाइम्स
९ भाद्र २०७३, बिहीबार १२:४४

सन्देश सुब्बा

पाँचथर / पाँचथर गजल मञ्चले पहिलोपल्ट आयोजना गर्न लागेको मेची–कोशी गजल प्रतियोगिताको टपटेन प्रतियोगिको नाम सार्वजनिक गरेको छ ।

प्रतियोगिताको लागि प्राप्त कूल ७० जना गजलकारहरुबाट निर्णायक मण्डलले छनौंट गरेको शीर्ष १० प्रतियोगिको नाम सार्वजनिक गरिएको मञ्चका अध्यक्ष स्पन्दन दीपक खनालले बताए । शीर्ष १० मा पर्न सफल गजलकारहरुमा प्रिन्स याक्खा भोजपुर, युवराज काफ्ले मोरङ, कल्पना आचार्य झापा, निलम निश्चल याक्थुङ्बा पाँचथर, टीका खड्का मोरङ रहेका छन् । त्यस्तै इश्वर दाहाल धनकुटा, कृष्ण परदेशी पाँचथर, अनन्त अनुराग धनकुटा, बिनोद चौहान झापा र बिक्रम पारखी पाँचथर पनि शीर्ष १० मा परेका छन् ।

प्रतियोगिताको लागि प्राप्त गजलकारहरुको कोड नाम मात्र राखेर निर्णायक मण्डललाई निर्णय गर्न दिइएको अध्यक्ष खनालले बताए । प्रतियोगितामा पुरस्कृत गरिने प्रथम, द्धितिय, त्रितिय र सान्तवनाको नाम भने सार्वजनिक गरिएको छैन । प्रतियोगितामा शीर्ष १० मा परेका सबैलाई गजल वाचनको लागि अवशर प्रदान गरिनेछ । १५० औं मोतीजयन्तीको अवशर पारेर फिदिममा आयोजित विशेष समारोहकाबीच पुरस्कार वितरण गरिनेछ ।

सोही अवशरमा गजल मञ्च पाँचथरले वर्षेनी प्रदान गर्दै आएको ‘ऐतराज केरुङ स्मृति गजल पुरस्कार’ पनि वितरण गरिनेछ । ५ हजार ५ सय ५५ रुपैंयाँ राशीको उक्त पुरस्कारको चौंथो संस्करणबाट यसपल्ट पोखराका गजलकार प्रकट पंगेनी शिव पुरस्कृत हुने भएका छन् ।