बुद्धिजीविहरुको दह्रो सुझाव जनमुक्तिलाई « Yalambar Times
५ जेष्ठ २०८१, शनिबार

बुद्धिजीविहरुको दह्रो सुझाव जनमुक्तिलाई


यलम्वर टाइम्स
७ भाद्र २०७४, बुधबार ११:२०

धोविघाट ।

नेपालका बुद्धिजीविहरुले जनमुक्ति पार्टीले उठाएको नारा एक हदसम्म सफल भएको बताएका छन् । तर गाउँ–गाउँसम्म आफ्नो दस्तावेज पु¥याउन नसक्दा पार्टी भने जस्तो गरी उठ्न नसकेको बताएका छन् ।

धोविघाटको सिद्धार्थ कटेजमा जनमुक्ति पार्टीले उठाएको आवाजबारे बुद्धिजीविहरुसँग अन्तरक्रिया गर्दा सहभागिहरुले यस्तो धारणा राखेका हुन् । अन्तरक्रियामा डा. ओम गुरुङ, डा. बालकृष्ण मावोहाङ, वाम बुद्धिजीवि नन्द कन्दङवा, वरिष्ठ अधिवक्ता शंकर लिम्बू, प्राध्यापक अर्जुन नुगो, वरिष्ठ पत्रकार भवानी बराल, इन्जिनीयर रोशन महर्जन, चलचित्रकर्मी संजोग लाफा, वरिष्ठ पत्रकार तथा फोनिजका पूर्व उपाध्यक्ष दिपीन राई लगायतले जनमुक्तिको २५ वर्षे इतिहासमा जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक र हरेक क्षेत्रमा समानुपातिक सहभागिता जस्ता आवाज अब ठूला राजनीतिक दलहरुले नस्वीकारे आफै बढारिएर जाने भएको हुँदा जनमुक्तिको आवाज ठूला दलहरुबाट विस्तारै लागू हुँदै जाने बताए । जनमुक्तिले आफ्नो दस्तावेज सहितको दर्शन गाउँ–गाउँसम्म पु¥याउन सकेन भने जनमुक्तिलाई घाटा हुने पनि सुझाव दिए ।

कार्यक्रममा डा. ओम गुरुङले पहिला स्थापनाकालमा म अलिक नजिक थिएँ । बिचमा अलिक टाढा हुन पुगेँ । रै पनि यो दल के गर्दैछ भन्ने कुरामा म नियालिरहन्थे । मलाई लागेको छ जनमुक्ति उत्पीडित, उपेक्षित वर्गका लागि उठेको राजनीतिक दल हो । तर, जनतामाझ आफ्नो दर्शन बुझाउन नसक्दा गति लिन नसकेको सुझाव दिए ।

कुनै पनि सत्तामा रहेका दलसँग मिलेर आफ्नो मुद्दा उठाउछु भन्ने कल्पना नगरी साना दलहरुलाई मिलाएर लान सके यसको भविष्य अझै रहेको बताए । त्यसैले साना दलहरुसँग छलफल गर्न जरुरी रहेको औल्याए ।

तीन शासक दलहरु एकले अर्कालाई विरोध गरेतापनि शासन सत्तामा कांग्रेस, एमाले र माओवादी दलहरु मात्र रहौं भन्ने नीति (थ्रेसहोल्ड) ल्याएको हुँदा ३ प्रतिशत काट्न सकेन भने उत्पीडन वर्गभित्र रहेका जातिहरुको अधिकार हराउँदै जाने निश्चित रहेको ठोकुवा गरे । अन्तर्राष्ट्रिय शक्ति एमाले, कांग्रेस र माओवादी पार्टीलाई जिताउने तर्खरमा छ, तपाईहरु सचेत रहनु होला । डा. गुरुङले मुद्दाले मात्र पार्टी चलाउन गाह्रो हुने हुँदा मुद्दा दीर्घकालिन हुन सक्दैन । पार्टीको विचारलाई बचाउन जरुरी छ ।

उनले आक्रोशित शब्दमा बाहुन राष्ट्रवाद र पहिचान राष्ट्रवाद दुईधार अगाडि बढीरहेको छ । बाहुन राष्ट्रवादले पहिचान राष्ट्रवादलाई अन्त्य गर्नका लागि सक्रिय बन्दै गएको हुँदा सचेत रहन आग्रह गरे ।

कार्यक्रममा प्राध्यापक अर्जुन नुगोले झरेको मतलाई संरक्षण गर्न नसक्नु, राष्ट्रिय पार्टी नहुँदै राष्ट्रव्यापी चर्चामा आएको दल भनेर जनमुक्ति पार्टीलाई चिनेतापनि विपक्षीहरुलाई पन्छाउने रणनीति बनाउन नसक्नु पार्टीको कमजोरी भएको बताए ।

उनले प्रधानमन्त्रि हुँदैमा सत्ता हात पर्न सक्दैन । उदाहरणको लागि प्रचण्डकै समयलाई हेरे पुग्छ । सत्ता हात पार्न तल्लै तहबाट योजना बनाई अगाडि बढ्दा मात्र केही भने जस्तो हुन सक्छ । त्यसैले विचार मिल्ने दलहरुसँग मिलेर अगाडि बढ्न सुझाव दिएका थिए । प्राध्यापक नुगोले हिउँका दुई डल्ला प्रेसरले एकअर्कामा मिलाउँदा मात्र जोडिन सक्छ, त्यसप्रति कार्यकर्ता सचेत भएर पार्टी बचाउने रणनीति तर्फ लाग्न जरुरी रहेको बताए ।

जुनसुकै पार्टीमा महत्वकांक्षी नेता देखियो भने त्यो पार्टी निर्णायक विन्दूमा पुग्नै सक्दैन । हामीले ५ लिम्बूवान दललाई एकै ठाउँ पारेर जोड्ने प्रयत्न ग¥यौं तर, ती दलहरुमा महत्वकांक्षी नेता बढी भएको हुँदा लिम्बूवान अगाडि बढ्नै सकेन । उनले थ्रेसहोल्डले सबै साना दलहरुको माथा खाईरहेको बेला तपाईहरु पनि एक अर्कामा मिलेर नगए पार्टी राष्ट्रिय दलबाट हराएर जाने निश्चित रहेको सुझाव दिए ।

अर्का वाम बुद्धिजीवि नन्द कन्दङ्वाले इष्युमा आधारित राजनीतिक दलहरु नेपालमा सबैभन्दा कम छन् । १/२ वटा दल त छ, ती दलहरु पर्वते क्षेत्री बाहुनहरुको आधारमा चलेको छ । जस्तै एमाले, माले र जनमोर्चा त्यसभित्र पर्छन् भन्ने आरोप लगाउँदै उग्रचरम पन्थी धारमा रहेको मधेस आदिवासीलाई तिनीहरुले सहयोग गर्ने धारमा छैनन् । त्यसैले नेपाली राष्ट्रवादको धार आवश्यक रहेको देखिन्छ । त्यसमा जनमुक्ति सक्रिय हुनुपर्छ । राष्ट्रवादको धारमा माओवादी र नेपाली कांग्रेस हो कि जस्तो देखिन्छ, तर तिनीहरुलाई सजिलै विश्वास गर्न सकिन्न ।

उनले बहुराष्ट्र धारमा दलहरु नगएसम्म मुलुकको विकास हुन नसक्ने बताउँदै जनमुक्ति एक्लै अगाडि बढ्न सक्दैन अब विभिन्न दलसँग आफ्नो धार मिल्न सक्नेसँग सहकार्य गरेर अगाडि बढे आफ्ना दर्शनलाई टिकाइ राख्न सक्छ । उनले बाहुन विरोधी पार्टी भनेर जनमुक्तिलाई लगाएको आरोप चिर्न जरुरी रहेको बताए ।

डा. बालकृष्ण मावोहाङले संविधान निर्माणमा खस आर्यले स्वीकारेर कुनै पनि धारा प्रष्ट पार्न सकिरहेको छैनन् । त्यसैले पनि संविधान पूर्णता हुनमा ढिलाई भएको हो । त्यसैले गाउँस्तरसम्म आफ्नो दर्शन नपु¥याएसम्म जनमुक्ति अगाडि बढ्न नसक्ने बताए ।

५०–६० प्रतिशत आदिवासी, जनजाति, दलित रहेको मुलुकमा संविधान बन्न नसक्नुले त्यो भन्दा अर्को दुःख के हुन सक्छ ? तपाईहरु आफै विचार गर्नुहोस्, त्यसैले पनि साना दल बिचको एकताले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न टेवा पुग्ने बताए । उनले संविधानमा आदिवासीका मुद्दा अटाउन नसक्नुको कारण जनतालाई बुझाउन जरुरी रहेको बताए ।

उनले नेपालमा बुद्धिजीवि २ खालको भएको बताउँदै एक खाले अतिवादी बुद्धिजीविहरु भ्रष्टचारीमा फसेकाहरुको व्यख्या विश्लेषण गर्न सक्दैनन् । संघीयताको विषयमा भने नानाभाति लेख्न पछि हट्दैनन् । त्यस्तालाई कुन स्तरमा हामीले राख्ने ? संगठनलाई जनमुक्तिले सक्रिय रुपमा लान सकेन भने भ्रष्टचारको विषयलाई मुल मुद्दा बनाएर उठाउन सकेन भने पार्टीको झण्डा र चुनाव चिन्ह मात्र रहन सक्छ । कार्यकर्ता भने हराउँदै जान बेर छैन । त्यसैले गाउँ–गाउँसम्म आफ्नो मुद्दालाई पु¥याउन जरुरी छ ।

वरिष्ठ पत्रकार तथा प्रेस काउन्सिलका अध्यक्ष भवानी बरालले पार्टीलाई ब्राण्ड बनाएर लान नसक्नु नै पार्टीको कमजोर पक्ष भएको बताए । तर, पार्टीले उठाएको मुद्दा अन्य राजनीतिक दलले बोकेर हिंडेको हुँदा पार्टीको दर्शनलाई देशव्यापी बनाउन जरुरी रहेको बताए । यसपालिको चुनावमा साना अखबारले कांग्रेसलाई सघाएको, ठूला अखबारले एमाले र केही टेलिभिजनले एमाओवादी र अनलाईनले एमाले भएको हुँदा तपाईहरुको पार्टीलाई कस्तो खाले अखबारले सहयोग पु¥यायो ? अन्तरक्रियामा बताउँदै बरालले मिडियालाई नजिक राखेर अगाडि बढ्न सुझाव दिए ।

पार्टीको मुद्दा एक ठाउँमा होला समय सापेक्ष आफ्नो विचार दृष्टिकोण पार्टीको कुनै न कुनै कोणबाट आउन जरुरी छ । जनमुक्तिले प्रदेशलाई हेर्ने दृष्टिकोण र प्रशासनलाई हेर्ने दृष्टिकोण अझै प्रस्ट नभएको बताए ।

अधिवक्ता शंकर लिम्बूले समानुपातिक मुद्दा सुन्दा जति सजिलो छ, त्यसलाई लागू गर्न त्यति नै कठिन छ । ठूला दलहरुले जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक लागू ग¥यो भने आफू नासिएर जाने संकेत पाएको हुँदा त्यति चाँडै पूर्ण समानुपातिक सबै ठाउँमा लागू हुन्छ जस्तो लाग्दैन । उनले मुलुकमा रहेका सबै जाति, वर्ग र सम्प्रदायका लागि जनमुक्तिको विचार ठिक भएतापनि यसलाई व्यापकता दिनमा लाग्नु पर्ने सुझाव दिएका थिए ।

इन्जिनीयर रोशन महर्जनले संगठन विस्तार जरुरी छ । हरेक कार्यहरु योजना बनाएर जान जरुरी छ । मिडियालाई सकारात्मक रुपमा लिन जरुरी छ । भाषणले भन्दा पनि काम देखाएर अगाडि बढे विश्वासनियता बढेर जानेछ । त्यहाँबाट मात्र पार्टी सक्रिय हुने बताए ।

पार्टी महासचिव केशव सूर्यवंशीले बुद्धिजीविहरुसँग पार्टीले गर्दै गरेको छलफलको विषयमा प्रस्ट धारणा राख्दै यसरी नै बुद्धिजीविको राय अनुसार अगाडि बढ्ने बताए । पार्टी अध्यक्ष केपी पालुङ्वाले मन मिल्ने दलहरुलाई आफ्नो पक्षमा पार्न हरप्रयास हुँदै आएको बताउँदै केही दिनमै २÷३ वटा दल यस पार्टीमा समाहित हुने जानकारी दिएका थिए । उनले भ्रष्टचारीहरुलाई देश निकाला नीति पार्टीले अख्तियार गरेको बुद्धिजीविमाझ राखेका थिए ।

भ्रष्टचारीका विषयमा अध्यक्ष पालुङ्वाले कुरा उठाउँदा यसैलाई इष्यु बनाएर देशव्यापी गर्न सुझाव दिएका थिए ।

अन्तरक्रियामा वरिष्ठ चलचित्रकर्मी संजोग लाफा, वरिष्ठ उपाध्यक्ष यामबहादुर बुढाथोकी, बाबुकाजी महर्जन, प्रवास उपाध्यक्ष कमला थापा, पार्टीका नेताहरु बुद्धश्री लामा, पदम जवेगु, अधिवक्त चेतबहादुर आले, बलदीप राई, केवी पुन, रबि बुढा, लिम्बूवान अध्यक्ष एवी पन्धाक लगायतको उपस्थिति रहेको थियो ।