किराँत लिम्वुवान–खम्वुवान व्युरो समिति गठन « Yalambar Times
५ जेष्ठ २०८१, शनिबार

किराँत लिम्वुवान–खम्वुवान व्युरो समिति गठन


यलम्वर टाइम्स
१४ भाद्र २०७४, बुधबार ०८:५९

धनकुटा ।

आशन्न संघ र प्रदेशको निर्वाचनमा जनमत आफ्नो पक्षमा ल्याउन राष्ट्रिय जनमुक्ति पार्टीले एक नम्वर प्रदेश स्तरीय किराँत लिम्वुवान–खम्वुवान ५५ सदस्सीय व्युरो समिति गठन गरेको छ ।

राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय अध्यक्ष खड्गप्रसाद पालुङ्गवाको प्रमुख आतिथ्यमा धनकुटाको भेडेटारमा मंगलवार सम्पन्न एक नम्वर प्रदेश स्तरिय किराँत लिम्वुवान–खम्वुवान राज्य स्तरीय वृहत भेलाले निर्वाचन परिचालन व्युरो समिति अध्यक्ष के.पी. पालुङ्गवाको संयोजकत्वमा गठन गरिएको हो ।

त्यसैगरी किराँत लिम्वुवान–खम्वुवान राज्य स्तरीय व्युरोको सहसंयोजकमा पार्टी उपाध्यक्ष एवम् लिम्वुवान राज्य परिषदका इन्चार्ज चन्द्रबहादुर खापुङ्गहाङ्ग र केन्द्रिय सचिव एवम् खम्वुवान इन्चार्ज बलदीप प्रभाश्वर चाम्लिङ्ग राईलाई सर्वसम्वत चयन गरिएको छ ।

त्यसैगरी प्रदेश व्युरोको सदस्य सचिवमा पार्टीका केन्द्रिय संघिय परिषद सदस्य प्रकाश याङ्गदेन र सहसदस्य सचिवमा विष्णु थाम्देनलाई चयन गरिएको छ । आर्थिक समितिको संयोजकमा पार्टी केन्द्रिय उपाध्यक्ष मिना पन्धाकलाई चयन गरिएको छ ।

समितिको सदस्यहरुमा लिम्वुवान राज्य परिषदका अध्यक्ष अम्वरवहादुर पन्धाक, संघीय परिषद सदस्य कर्ण विक्रम तुम्वाहाम्फे, संघीय महासभा अध्यक्ष मण्डलका सदस्यद्धय लोकबहादुर कन्दङ्गवा, हर्कमान तुम्वाहाम्फे, संघिय परिषद सदस्य शान्ती देवी राई, पृथ्वी वहादुर वेगा, शान्ता खापुङ्गहाङ्ग लगातका रहेका छन् ।

किराँत लिम्वुवान–खम्बुवान अन्तर्गतका जिल्ला अध्यक्षहरुलाई अनिवार्य व्यूरोको सदस्यमा चयन गरिएको छ । त्यसैगरी संघीय पत्रकार परिषदका किराँत लिम्वुवान–खम्वुवान इन्चार्ज दिपेन्द्र चाम्लिङको संयोजकत्वमा १४ सदस्यीय प्रचारप्रसार समिति चयन गरिएको छ । समितिको सदस्यहरुमा लोक आङ्गला, सविला मोक्तान र राजन राई लगायतका रहेका छन् ।

पार्टी संगठनलाई चुस्त दुरुस्त ढंगले अघि बढाउनको लागी बल पु¥याउने उदेश्यले जनमुक्ति भोलियन्ट्रियस समेत निर्माण गर्ने एक नम्वर प्रदेश स्तरीय किराँत लिम्वुवान–खम्वुवानको व्युरो भेलाले निर्णय गरेको छ । जनमुक्ति भोलियन्ट्रियसको व्यूरो संयोजकमा संघिय परिषद सदस्य धनध्वोज लिम्बुलाई सर्वसम्वत चयन गरिएको छ भने सदस्यमा संघीय परिषद सदस्य कैलाश थापा र विद्यार्थी मोर्चाको केन्द्रिय महासचिव प्रदिप नयोङ्गहाङ्गलाई चयन गरिएको पार्टी केन्द्रिय सचिव पदम जवेगुले यलम्वर टाइम्सलाई बताएका छन् ।

उनले लिम्वुवान र खम्वुवानका पार्टीको जिल्ला समितिबाट कम्तिमा ५/५ जना भोलियन्ट्रियस राज्य परिषदमा सिफारिस गरेर असोज मसान्तसम्ममा वृहत सम्मेलन गरेर गठन गर्ने बताएका छन् । उनले संघ र प्रदेशको निर्वाचनको उम्मेद्धारको नामवली जिल्ला–जिल्लाबाट भाद्र मसान्तसम्ममा अनिवार्य सफिारिस गरी सक्ने पनि निर्णय गरिएको बताएका छन् ।

तिन दिनसम्म सञ्चालन हुने व्युरो भेलामा एक नम्वर प्रदेश स्तरीय किराँत लिम्वुवान–खम्वुवानका राज्य परिषद अन्तर्गतका केन्द्रिय पदाधिकारी, संघीय परिषद सदस्यहरु, संघीय महासभा अध्यक्ष मण्डलका सदस्यहरु, राज्य परिषदका अध्यक्ष र जिल्ला अध्यक्षहरुको सहभागिता रहेको छ । भेलालाई सम्वोधन गर्दै पार्टीका केन्द्रिय अध्यक्ष खड्गबहादुर पालुङ्गवाले राष्ट्रिय जनमुक्ति पार्टी मुलुकको समसामयिक राजनीतिक परिस्थितिको बारेमा आफ्नो धारणा राखेका थिए ।

अध्यक्ष पालुङ्गवाले निर्वाचनमा सरकारले ३ प्रतिशत थ्रेसहोल्ड लगाएकाले थ्रेसहोल्डको सामना गर्न कुनै कसी बाँकी राख्न नहुनेमा पार्टी नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

उनले आगामी मंसीर १० गते हुने प्रदेश र संघको निर्वाचनमा खम्वुवान र लिम्वुवानमा जसरी भए पनि राष्ट्रिय जनमुक्ति पार्टीले थ्रेशहोल्डको सामना मात्र हैन सत्ता कव्जा गर्ने गरि अघि बढ्न उपस्थित नेताहरुलाई अनुरोध समेत गरेका छन् । आगामी संघ र प्रदेशको चुनावका पार्टीले भ्रष्टचारको मुद्दालाई प्रमुख मुद्दा बनाएर जनतामा जाने बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टचार नियन्त्रण गर्न नसकेको र नेपाल आयल निगमको कार्यालयमा भएको भ्रष्टचार विरुद्ध लिम्वुवानमा भएका दुवै कार्यालयहरुमा क्रमशः भाद्र १९ र २१ गते पार्टीको तर्फबाट घेराउ गर्ने कार्यक्रम समेत रहेको पार्टी अध्यक्ष पालुङ्गवाले बताएका छन् ।

पहिचान र संघीयताको पक्षमा स्थापना कालदेखि नै बहुजातीय लोकतान्त्रिक समाजवादलाई मुल मुद्धा बनाएर जनतामा गईरहँदा राष्ट्रिय जनमुक्ति पार्टीलाई चारैतर्फबाट आक्रमण भईरहेको पनि सहभागी पार्टीका नेताहरुले सुझाएका छन् । व्युरो भेलालाई पार्टी केन्द्रिय सचिव पदम जवेगुले सञ्चालन गरेको थिए । तीन दिने भेलामा १ सय ५० पार्टी नेताहरुको सहभागिता रहेको छ ।