लिम्बूवान र खम्बूवानका नेता जनमुक्तिमा « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

लिम्बूवान र खम्बूवानका नेता जनमुक्तिमा


यलम्वर टाइम्स
२५ भाद्र २०७४, आईतवार ०७:५१

धरान / मञ्च सम्बद्ध (कुमार लिङ्देन) संघीय लिम्बूवानका केन्द्रीय सदस्य इन्द्रबहादुर रसाईली बिना शर्त राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेका छन् ।

उनीसँगै ४० जना नेता रहेका छन् । यसरी नै खम्बूवान मुक्ति मोर्चाका केन्द्रीय नेता गोकर्ण राई पनि जनमुक्तिमा प्रवेश गरेका छन् ।
दुवै नेतालाई पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले अविर माला लगाई सदस्यता प्रदान गरेका थिए ।

धरानमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष चन्द्र खापुङहाङले उनीहरुलाई स्वागत गरेका थिए । नवप्रप्रवेशी रसाइली र राईले संघीयताको स्पष्ट आधार जनमुक्तिमा देखिएको हुँदा बिना शर्त प्रवेश गरेको बताए । उनीहरुसँग अन्य सदस्यहरु पनि जनमुक्तिमा प्रवेश गर्ने भएको बताएका छन् ।