कांग्रेस र एमालेबाट प्रतिनिधि सभा र प्रदेश सभामा क–कसका नाम परे « Yalambar Times
३ जेष्ठ २०८१, बिहीबार

कांग्रेस र एमालेबाट प्रतिनिधि सभा र प्रदेश सभामा क–कसका नाम परे


यलम्वर टाइम्स
२२ आश्विन २०७४, आईतवार ०८:०६

अर्जुनधारा ।

अब हुने प्रतिनिधि सभा र संघीय सभाको लागि नेपाली कांग्रेस नगर समिति र नेकपा एमाले नगर कमिटी अर्जुनधाराले जिल्ला हुँदै केन्द्रका लागि नाम सिफारिस गरेको छ ।

नेपाली कांग्रेसले प्रतिनिधि सभाका लागि पार्टी सभापति उद्धव थापा, राज्य मन्त्रि सरिता प्रसाई, केशवकुमार बुढाथोकी, सुधिर शिवाकोटी र राजेश खड्काको नाम अगाडि सारेको छ । तर, क्षेत्र नं. ४ मा केशव बुढाथोकीको नाम समानुपातिकमा सर्वसम्मत एक्लै परेको हुँदा क्षेत्रले भने उनको नामलाई थाँती राखेको छ । यसरी नै केन्द्रको समानुपातिकमा वीरमणि ढकाल, डिल्ली सिटौला, टीका प्रसाई रहर्कलाल गिरीको नाम सिफारिस गरिएको छ ।

यता प्रदेश सभाको प्रत्यक्षमा खड्ग प्रसाई (बुद्धशान्ति निवासी)को नाम अगाडि सारेको छ । भने प्रदेश सभासदमा दिपक तामाङ, चन्द्रकला भण्डारी, मोहन सुब्बा, दिपेन्द्र ढकाल, डिल्ली विक्रम नेम्वाङ, केदारमणि ढकाल, जीवन भण्डारी, राजकुमार बराईली, कृष्णमाया कडुवाल र रञ्जीता कार्कीको नाम अगाडि सारेको नगर सभापति हेमराज खरेलले जानकारी दिए । उक्त नाम वडाबाट सिफारिस हुँदै आएको पनि बताए ।

यसरी नै नेकपा एमाले अर्जुनधारा नगर कमिटीले बृहत छलफल गरी प्रतिनिधि सभाका लागि एक मात्र सुयोग्य उम्मेद्वार भन्दै पवित्रा खरेलेको नाम अगाडि सारेको छ । भने समानुपातिकमा योगमाया पराजुली रहेकी छिन् । प्रदेशमा भने भाष्कर काफ्ले बृख प्रधान र देवीमाया भट्टराईको नाम सिफारिस गरेको छ । प्रदेशको समानुपातिकमा एकमात्र महिला कुसुम राईको नाम सिफारिस गरेको नगर अध्यक्ष प्रेमसागर सापकोटाले जानकारी दिए ।

यता नयाँ शक्ति पार्टीले प्रतिनिधि सभाका लागि युवा नेता कुमार क्षेत्रीको नाम अगाडि सारिएको छ भने राष्ट्रिय जनमुक्ति पार्टी नगर कमिटीले प्रतिनिधि सभाका लागि पर्शुराम मगर, कृष्णकुमार थेवेको नाम अगाडि सारेको छ । भने अन्य छलफल हुन बाँकी रहेको बताएका छन् । यता राप्रपा नेपाल, राप्रपा प्रजातान्त्रिक र संघीय समाजवादी फोरमले भने छलफल गरिँदै आएको बताए ।