साना दललाई लादेको थे्रसहोल्ड ठूला दलका ब्ल्याकहोल ः जनमुक्ति « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

साना दललाई लादेको थे्रसहोल्ड ठूला दलका ब्ल्याकहोल ः जनमुक्ति


यलम्वर टाइम्स
८ कार्तिक २०७४, बुधबार ११:५९

अर्जुनधारा । संघीयता पक्षधर साना दलहरुलाई तह लगाउन ठूला दलद्वारा लादिएको थे्रसहोल्डलाई पार गर्दै जनताको मुक्तिका लागि जनमुक्ति स्थायीत्व रुपमा रहिरहने पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले बताएका छन् ।

पार्टीले यलम्वर टाइम्सको सूचना केन्द्रमा दिउँसो पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष पालुङ्वाले वामएकता, लोकतान्त्रिकएकताले जनताको मौलिक आवाज उठाउने दललाई तह लगाउन खेलेको भूमिका नेपाली राजनीतिमा अप्रजातान्त्रिक भएको बताए । हामी यो चुनावलाई सहर्ष स्वीकारेर थ्रेसहोल्डलाई काट्ने पक्षमा छौं । केही साना राजनीतिक दलसँगको सम्बन्ध मजबुद हुँदै आएको पनि छ ।

पार्टी एकता नभए पनि प्रजातान्त्रिक समाजवाद विचार भएका शक्तिसँग तालमेल हुन सक्छ, त्यसैले पहिलो चुनावमा १३ वटा जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाका लागि आफ्नो उम्मेद्वार दिइसकेको बताएका छन् ।

अध्यक्ष पालुङ्वाले इलामको लारुम्बालाई जनमुक्ति पार्टीको आधार इलाका बनाउने बताउँदै आउने ११ गते लारुम्बाबाटै आउने चुनावको लागि राष्ट्रिय प्रचार महाअभियानको थालनी गरिने बताए । उनले प्रतिनिधि सभाको लागि आफ्नो उम्मेद्वारी पनि घोषणा गर्ने बताए ।

थ्रेसहोल्ड ठूला दलको ब्ल्याकहोल भएको हुनाले ठूला दलले आउने चुनावमा कल्पना गरेको सपना सपना मात्रै हुने बताउँदै धर्म निरपेक्ष, पूर्ण समानुपातिक, संघीयता चहाने योद्धाहरुले घर चिन्हलाई आफ्नो मत जाहेर गर्ने छन् भन्ने आफ्नो पार्टीको विश्लेषण भएको बताउँदै मेची–महाकालीसम्म चेन भएको जनमुक्ति दोस्रो चुनावमा सबै क्षेत्रमा आफ्नो उम्मेद्वारी दिने बताए ।