सालबारीमा साकेला उत्सव « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

सालबारीमा साकेला उत्सव


यलम्वर टाइम्स
१५ बैशाख २०७५, शनिबार ०९:११

अर्जुनधारा । किरात राई यायोक्खा अर्जुनधारा नगर समितिले साकेला स्थान सालबारीमा जेठ ३ गते भव्य कार्यक्रम गर्ने भएको छ ।

उक्त दिन विभिन्न प्रासका साकेला टोलीको सहभागिता रहने प्रासका उपाध्यक्ष क्या. शिवकुमार राईले जानकारी दिए ।

विहीबारको दिन पर्ने उक्त कार्यक्रममा विहीबारे हाटसँगै साकेला थानको आसपासमा सामान्य बजार समेत लगाइने भएको छ । कार्यक्रममा विभिन्न सम्मान तथा प्रोत्साहन कार्यक्रम गरिने जनाइएको छ ।

संगठित रुपमा अर्जुनधारामा सक्रिय यायोक्खाले यस क्षेत्रका जातीय संगठनका अग्रजहरुलाई समेत निमन्त्रणा गरिने भएको यायोक्खाले जनाएको छ भने मन्दिर निर्माण कार्यलाई समेत अगाडि बढाउने भएको छ ।