पहिचानलाई सम्मान दर्शाउन सके राष्ट्र बलियो हुने : फोरम नेपाल « Yalambar Times
५ जेष्ठ २०८१, शनिबार

पहिचानलाई सम्मान दर्शाउन सके राष्ट्र बलियो हुने : फोरम नेपाल


यलम्वर टाइम्स
१८ चैत्र २०७५, सोमबार १२:१२

बिर्तामोड । संघीय समाजवादी फोरम केन्द्रका उपाध्यक्ष हेमराज राईले नयाँ समानता युक्त राष्ट्र निर्माण गर्न फोरम नेपाल जन्मेको बताएका छन् ।

संघीय समाजवादी फोरम बिर्तामोड नगरको प्रथम अधिवेशन उद्घाटन गर्दै उपाध्यक्ष राईले जनताको इच्छा अनुसार संविधान निर्माण नभइरहेको बेला सदियौं वर्षदेखि एकल वर्ग सम्प्रदायले राज्यलाई आफ्नो बहसमा बसाइरहेको बेला अब चाँडै चिरेर जाने बताए ।

प्रमुख अतिथि समेत रहेका राईले पहिचानलाई सम्मान दर्शाउन सके राष्ट्र बलियो रहने बताउँदै जनताको विश्वासबाटै पार्टी २ नम्वर प्रदेशको प्रमुख हुन सफल भएको हुँदा आउने बैशाखको महाधिवेशबाट पार्टी थप उचाइमा जाने भएकोले यो बेला संगठनलाई सुदृढिकरण गरेर अगाडि बढ्ने पार्टीको लक्ष्य रहेको बताए ।

पार्टीका केन्द्रीय सचिव पर्शुराम बस्नेतले पहिचान दह्रो भए राष्ट्र दह्रो हुने पार्टीको लक्ष्य रहेको हुँदा विभेद रहीत समाजवादी लोकतन्त्र, पहिचान रहीत संघीय लोकतन्त्र निर्माण गर्न संघीय पक्षधरहरु एक हुनुपर्ने जोड दिए ।

अर्का वक्ता प्रदेश १ का सांसद राधा थापाले सूचिकृत १२४ जातिलाई सम्बोधन नभएसम्म संघीय समाजवादी जहिले आन्दोलनमा रहने जानकारी दिए ।

अर्का नेता सञ्जय सिंह शाहले विभेदकारी नीतिबाट संघीयता स्थायीत्व नहुने जानकारी दिए ।
नगर अध्यक्ष तिलबहादुर राई (अभिषेक)को सभापतित्वमा भएको कार्यक्रममा युवा नेता गौरीमान राई, भीम राई, दिपेनवाला राई, लोकसागर साँवा, महिला नेतृ निर्मला तावा लगायतले जातीय मुक्तिका लागि संघीयता अपरिहार्य भएको भन्दै पार्टीले उठाएको मुद्दा आदिवासी जनजातिका लागि उपयुक्त भएको जोड दिए ।

अर्जुन राईले सञ्चालन गरेको कार्यक्रममा केन्द्रीय सदस्य कृष्ण उदास, धनप्रसाद गुरुङ, पृथ्वी नारायण कार्की लगायतको आतिथ्य रहेकोमा सनम राजवंशीले स्वागत गरेका थिए ।

अधिवेशनमा विभिन्न राजनीतिक दल परित्याग गरि प्रवेश गरेकाहरुलाई फुल र मालाले स्वागत गर्दै पार्टी प्रवेश गराइएको थियो ।

बृहत छलफलका बाबजुत बिर्तामोड नगर कमिटीमा तिलबहादुर राई (अभिषेक)को अध्यक्षतामा १३ सदस्य समिति निर्माण गरिएको फोरम नेपालका गौरीमान राईले जानकारी दिए ।