अर्जुनधारा नेकपाको बलियो आधार « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

अर्जुनधारा नेकपाको बलियो आधार


यलम्वर टाइम्स
२० चैत्र २०७५, बुधबार ०६:२१

अर्जुनधारा । अब नेकपाको बलियो केन्द्र नगरपालिका भएको नेकपाका केन्द्रीय सदस्य नरेश खरेलले बताएका छन् ।

१६ गते शहीद सुखानी पार्क सालबारीमा नेकपा एमाले र माओवादी केन्द्र बीच एकताको सन्देशसँगै नगर कार्यसमितिको नाम सार्वजनिक गर्ने क्रममा समितिलाई सपथ ग्रहण गराउँदै यस्ता कुरा राखेका हुन् ।

प्रमुख अतिथि समेत रहेका नरेश खरेलले पार्टीलाई बलियो बनाउन पार्टीबाट प्रतिनिधित्व गरेका निर्वाचित जनप्रतिनिधिको पनि उत्तिकै हात हुने भएको हुँदा दुई पार्टी एकतासँगै अर्जुनधारा अब नेकपाको बलियो केन्द्र हुनेमा विश्वास व्यक्त गरे ।

अर्का केन्द्रीय सदस्य रविन कोइरालाले जनताको भावना र इच्छालाई मार्न नहुने बताउँदै नेकपाले जनतालाई दिनुपर्ने सेवा सुविधा प्रदान गर्न पछि हट्न नहुने जनाए ।

अर्का वक्ता नेकपाका प्रदेश सदस्य अग्नी आचार्य (राजु)ले जनताको बलिदानी पूर्वक आएको लोकतन्त्रलाई बचाईराख्न एमाले र माओवादी केन्द्र एकता भएको जनाए ।

प्रदेश सदस्य आचार्यले अगाडि भने, ‘एकतासँगै भावनात्मक सम्बन्धलाई प्रगाढ बनाएर जनताको मन जित्न पार्टी पछि हट्ने छैन ।’

महिला नेतृ कुसुम राईको सभापतित्वमा भएको कार्यक्रममा अर्जुनधारामा नेकपाको अध्यक्ष प्रेमसागर सापकोटा (एमाले) रहेका छन् भने सचिवमा राजु शेर्मा (माके) रहेका छन् ।

यसरी नै एमालेबाट अम्बिका खतिवडा, मित्रप्रसाद खतिवडा, चन्द्रकला राई, काशीनाथ तिम्सिना, गजाधर खतिवडा, नारायणप्रसाद पराजुली, नरेन्द्र मिश्र, बमबहादुर कार्की, दुर्गाप्रसाद दाहाल, सूर्य रिमाल, शान्तिप्रसाद चौहान, टुम्मनाथ काफ्ले, नरेन्द्रप्रसाद अधिकारी, खगेन्द्र इङ्नाम, कृष्णप्रसाद चापागाई, तुलसी श्रेष्ठ, लीला राई, युवराज प्रसाई, पार्वता भट्टराई, हरिमाया पाण्डे, टीका शिलवाल, मायाँदेवी कार्की, सीता बस्नेत, सकुन्तला बराल, अर्जुन मेचे, कृष्णबहादुर श्रेष्ठ, खड्गप्रसाद चौहान, विष्णु प्रसाई, रुपा राउत, लक्ष्मीप्रसाद चम्लगाई, टेकनाथ रिजाल, दिलीप गुरुङ, बच्चुलाल चौधरी, माधव आचार्य, प्रेमसागर आचार्य, प्रेमसागर खनाल, इन्दिरा अधिकारी, बालकृष्ण सापकोटा, कमलप्रसाद संग्रौला, छत्र पौडेल, शिवशंकर रिजाल, उमानाथ लम्साल, दुर्गाप्रसाद न्यौपाने, भानु श्रेष्ठ, वीपी कोइराला र खगेन्द्र सुब्बा रहेका छन् ।

यसरी नै माओवादी केन्द्रबाट लीला आचार्य, तिवेन्द्र काफ्ले, गंगामाया चापागाई, तुलसी ढकाल, नारायण पौडेल, जानुका पराजुली, विदुर भट्टराई, होमा पोखरेल, डिल्ली चापागाई, मातृका शिवाकोटी, श्याम निरौला, योगेन्द्र चापागाई, इन्द्र निरौला, रमा भट्टराई, शम्भु हेमरम, निर्मला भण्डारी, देवी खाती, मोहन पौड्याली, युवराज नेपाल, डिल्ली घोर्साई, गायत्री पौडेल, सरीता राई, रमेश ओझा, नरसिंह नेम्वाङ, खुशी धिमाल, जनक चम्लगाई, सामना तामाङ, चन्द्र सुवेदी, पुरुषोत्तम भट्टराई, टंक पराजुली, सार्दुल ओली, हरि घिमिरे र रोशन खड्का रहेका छन् ।

उक्त दिन भएको एकता समितिलाई स्वागत मित्र खतिवडा र सञ्चालन नारद तामाङले गरेका थिए ।