सन्दकपुरको वृतचित्र टुरिजम डेस्टिनेशन भिडियो च्यालेन्ज अवार्डको मनोनयमा « Yalambar Times
८ जेष्ठ २०८१, मंगलवार

सन्दकपुरको वृतचित्र टुरिजम डेस्टिनेशन भिडियो च्यालेन्ज अवार्डको मनोनयमा


यलम्वर टाइम्स
१७ असार २०७६, मंगलवार १०:१९

[नमिन ढकाल]

फिक्कल । सन्दकपुर गाउँपालिकाको वृतचित्र ‘टुरिज्म डेस्टिनेसन भिडियो च्यालेन्ज अवार्ड’ को पब्लिक च्वाइस अवार्डको भिडियो सार्वजनिक गरिएको छ ।

वी वील राइज फाउन्डेसनले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी गत जनवरी देखि सुरु गरेको यस अभियानको भिडियो गत असार ९ गते आयोजकको फेसबुक पेज र युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियोमा आएको लाइक÷रियाक्टर र भिडियोको भ्युलाई मुख्य आधार बनाएर विजेता भिडियोको छनौट गरिनेछ ।

युट्युव लाइक, फेसबुक लाइभ÷रियाक्टरलाई ३० अंक, युट्युव भ्युजलाई २० अंक र फेसवुक भ्युजलाई १० अंक तोकिएको छ । भोटिङ असार १६ गते बेलुका ५ बजेसम्मलाई तोकिएकोछ ।

देश भरका प्रचुर पर्यटकीय सम्भावना भएरपनि ओझेलमा परेका पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण हुनसक्ने हाम्रा गाउँठाउँका प्राकृतिक, सांस्कृतिक सम्पदा, कला संस्कृति भेषभुषा, जातजातीको पहिचान, खानपान, कला लगायतका विषयवस्तुमा केन्द्रित रही भिडियो डकुमेन्ट्री निर्माणका लागि आह्वान गरिएको थियो ।

सन्दकपुरको वृतचित्र पब्लिक च्वाइस अवार्डसंगै वेस्ट स्क्रिप्ट राइटर र मस्ट पोटेन्सियल डेस्टिनेशनका लागी समेत छनौट भएको हो ।

पत्रकार तिम्सीनाको लेखन तथा निर्देशनमा बनेको भिडियोमा पत्रकार दयाराम दाहाल निराजन खनाल, प्रेम अधिकारी, बासुदेव तिम्सीना, सन्दिप प्रधान र नमीन ढकाल लगायतको टिमले काम गरेको थियो ।

सन्दकपुर गाउँपालिकासंग इलामका बिजय राई मोस्ट इनर्जेटिक भिडियो मेकर अवार्डको मनोनयनमा परेका छन ।

उनी सेतीदेवी नामक भिडियोबाट मनोनयमा परेका हुन । अवार्डको अन्तिम घोषणा आगामी अषाढ १६ गते (जुलाई १) मा काठमाडौँको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा आयोजना हुने छ ।