महिलाको भूमिका संसदमा बुलन्द गर्न अन्तक्र्रिया « Yalambar Times
६ जेष्ठ २०८१, आईतवार

महिलाको भूमिका संसदमा बुलन्द गर्न अन्तक्र्रिया


यलम्वर टाइम्स
११ भाद्र २०७६, बुधबार ०८:०३

काठमाडौं । संघीय संसदमा महिला सांसदहरुको भूमिका थप वृद्धि गर्न संसद सचिवालयले संसदीय अभ्यास सम्बन्धि अन्तरक्रिया गरेको छ ।

संसदमा महिला सांसदहरुको भूमिका थप प्रभावकारी बनाउन कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधि सभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले महिला सांसदहरुलाई इतिहासमा स्मरण हुने गरी भूमिका वृद्धि गर्न आग्रह गरिन् ।

उनले भनिन्, ‘संसदमा महिला माननीयहरुको भूमिका धेरै राम्रो छ, तर अझै वृद्धि गर्न जरुरी छ । यसरी भूमिका निर्वाह गर्नुहोस् कि भोलिका पुस्ताले पनि सम्झिऊन् ।’

संविधान निर्माण हुनुभन्दा अगाडि र अहिलेको अवस्थामा फरक रहेको बताउ“दै उनले अगामी अधिवेशनबाट महिला सांसदहरुको भूमिका प्रभावकारी बनाउने योजना बनाउन आग्रह गरिन् ।

उनले सांसदहरुको महत्वपूर्ण जिम्मेवारी संसदीय गतिविधिमा सहभागी हुने भएको बताउ“दै त्यसमा चुक्न नहुने उल्लेख गरे ।

राष्ट्रिसभाकी उपाध्यक्ष शशिकला दाहालले संसदीय अभ्यास पुरानो भए पनि कहिलेका“ही स–साना कमजोरी र प्रस्तुतिमा महिला माननीयहरु चुकिरहेकको उल्लेख गरिन् ।

उनले शून्य समय, विशेष समयका विषय र शैलिलाई अधिकतम प्रयोग र सुधार गर्न पनि आग्रह गरिन् ।

कार्यक्रममा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान, संसदीय अभ्यासमा प्रभावकारी भूमिका, नेपाल कानून आयोगका अध्यक्ष माधव पौडेलले कानून निर्माणको संसदीय चरण र संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले संसदमा प्र्रश्नोत्तर, सैद्धान्तिक र व्यवहारिक पक्षबारे प्रस्तुति दिएका थिए ।