आदिवासीको मुद्दा तुहाउने ठूला दलः प्रदेश सचिव थेवे « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

आदिवासीको मुद्दा तुहाउने ठूला दलः प्रदेश सचिव थेवे


यलम्वर टाइम्स
१७ भाद्र २०७६, मंगलवार ०८:०५

चन्द्रगढी । राष्ट्रिय जनमुक्ति पार्टीका प्रदेश सचिव कृष्णकुमार थेवेले आदिवासी जनजातिका मुद्दा तुहाउने खेलमा वर्तमान सरकार लागेको बताएका छन् ।

राष्ट्रिय जनमुक्ति पार्टी भद्रपुर नगरपालिकाको तेस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै सचिव थेवेले आदिवासीकै मुद्दा बोकेर सत्तामा पुग्ने, सत्तामा पुगेपछि आदिवासीका अधिकारलाई बेवास्ता गर्ने भएको हुँदा ठूला दलसँग सचेत रहनुपर्ने बताए ।

उनले जनमुक्ति पार्टी आदिवासी जनजातिको मुद्दामा सचेत छ, अहिले संविधानमा आदिवासी जनजाति, अल्पसंख्यकको आवाज शंखघोष गरेर लेख्ने लेखाउने कामको मुख्य जिम्मेवार जनमुक्ति भएको हुँदा पूर्ण अधिकार प्रदान गर्न जनमुक्ति पार्टी अझै पनि आन्दोलनमै रहेको बताए ।

कार्यक्रममा जिल्ला सचिव पदम लिम्बूले सत्ताधारीको भरिया भएर बस्नुभन्दा सानै दलमा रहेर अधिकार खोज्ने काममा एकजुट हुनुपर्नेमा जोड दिए ।

नगर सभापति दानबहादुर तामाङको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला संगठन सचिव भूपाल राना, युवा मोर्चा झापा अध्यक्ष तेजबहादुर योङहाङ, अर्जुनधारा संगठन सचिव भरत थापा लगायतले आ–आफ्नो विचार राखेका थिए ।

विष्णुकुमार राजवंशीले सञ्चालन गरेको कार्यक्रममा बन्दसत्रबाट १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको अध्यक्षमा वैशागु राजवंशी, उपाध्यक्ष माधरी राजवंशी, सचिव धाक्रु राजवंशी, उपसचिव धिरज राजवंशी र कोषाध्यक्षमा शिवराम चौधरी चयन भएका छन् ।

यसरी नै समितिको संगठन सचिवमा बलेन राजवंशी र सदस्यहरुमा डुलीचन राजवंशी, पहारसिंह राजवंशी, दयालाल राजवंशी, लदिन राजवंशी, भगेन राजवंशी, ताराचन राजवंशी, जयसिंह राजवंशी रहेका छन् ।

नव गठित समितिले अधिकार प्राप्त नभइन्जेलसम्म सक्रिय भएर अगाडि बढ्ने बताए ।