मेची नेत्रालय सामाजिक उत्तरदायित्व पनि बहन गर्छः प्रमुख डाक्टर राई « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

मेची नेत्रालय सामाजिक उत्तरदायित्व पनि बहन गर्छः प्रमुख डाक्टर राई


यलम्वर टाइम्स
१८ आश्विन २०७६, शनिबार ०९:४०

मेची नेत्रालयले नेपाल सरकारसँग मिलेर स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेपछि नेपालीहरुको चाप बढ्न थालेको छ । एकातिर सेवा सुविधा प्रदान गर्नुपर्ने अर्कोतिर सामाजिक दायित्व पनि पूरा गर्नुपर्ने भएको हुँदा दुवैलाई एकैसाथ डोहोर्याएर संस्था अघि बढिरहेको छ । यसै विषयलाई लिएर अस्पतालका प्रमुख डाक्टर शरद चन्द्र प्रकाश राईसँग गरिएको संक्षिप्त कुराकानी ः

स्वास्थ्य बीमा लागू भएपछिको अवस्था कस्तो छ ?

हामी सेवा दिनमा कञ्जुस्याँईं गर्दैनौं । दशैं–तिहारमा पनि ओपीडी सेवा रहनेछ । सरकारले स्वास्थ्य बीमा निर्देशन गरेको नियम अनुसार अगाडि बढ्ने छौं । जब हामीले स्वास्थ्य बीमा ल्याउन सफल भयौं । हामीलाई थप जिम्मेवारी र काम गर्ने हौसला मिलेको छ । बीमा सुरु भएपछि सेवा लिनेहरुको चाप पनि उत्तिकै छ ।

यो बेला सेवा लिनेहरु भारतीय नागरिकहरुको अवस्था कस्तो छ ?

हिजो पनि हामीले सबैलाई सेवा प्रदान गरेका थियौं नै । आज पनि गर्छौं । नेत्रालयमा उपचार गर्न आएपछि को भारतीय को नेपाली त्यो दृष्टिकोण हाम्रोमा हुँदैन । सबैलाई समान व्यवहार हुन्छ । हाम्रो कर्मचारी, डाक्टर र सहयोगीहरुको सेवाबाट प्रभावित भई विरामीहरुको आगमन राम्रै छ ।

बढ्दो चापसँगै सामाजिक सेवामा पनि समर्पित छ नि ?

हामी समाजबाट स्थापित भएर यहाँसम्म आएका हौं । यस अस्पताललाई स्थानीय संघसंस्थाको ठूलो माया रहेको छ । त्यसैले अस्पतालले सामाजिक उत्तरदायित्व पनि बहन गर्दै आएको छ । विद्यालयका बालबालिकाहरुलाई निःशुल्क सेवा प्रदान गर्दै आएका छौं ।

अन्त्यमा ?

अस्पताललाई माया, ममता प्रदान गर्नुहुने तमाम नेपालीजनमा मात्र नभइ अन्य नागरिकहरुमा पनि नवदुर्गा भवानीले सु–स्वास्थ्य, दीर्घायु प्रदान गरुन् भनी कामना गर्दछु ।