विद्यार्थीको गुणात्मक शिक्षामा स्वस्तिका सदैव तयारः फाण्डर श्रेष्ठ « Yalambar Times
१५ बैशाख २०८१, शनिबार

विद्यार्थीको गुणात्मक शिक्षामा स्वस्तिका सदैव तयारः फाण्डर श्रेष्ठ


यलम्वर टाइम्स
२६ बैशाख २०८०, मंगलवार ०८:२०

ईश्वरा श्रेष्ठ स्वस्तिका शिशुसदन बोर्डिङ स्कूलका फाउण्डर हुनुहुन्छ । विभिन्न सामाजिक सेवामा काम गरिसकेका श्रेष्ठ करिब एक दशकयताबाट अर्जुनधारा क्षेत्रको पुरानो निजी विद्यालय स्वस्तिका शिशुसदनलाई सञ्चालन गर्दै आउनुभएको छ । स्कूलको वर्तमान अवस्थाबारे गरिएका केही प्रश्नः

हाल विद्यालयको अवस्था कस्तो रहेको छ ?

अर्जुनधारा क्षेत्रको इतिहास बोकेको विद्यालय हुँदा यसको विरासत थाम्न हामी अग्रगतिमा लागि परहेका छौं । यस विद्यालय यसै क्षेत्रका शिक्षासेवी बुढाथोकी परिवारले स्थापना गरेतापनि त्यसले पु¥याएको योगदानलाई अझ कदर गर्दै स्वस्तिका शिशुसदनलाई हरेक क्षेत्रबाट अगाडि बढाउन लागिपरेका छौं । हामीले शैक्षिक क्षेत्र मात्र होइन, खेलकुद, मनोरञ्जन, कला, आत्मरक्षक र राष्ट्रभक्तिका लागि विद्यार्थीहरुको आत्मबल दर्बिलो बनाउन पनि लागिपरेका छौं ।

विद्यार्थीको शैक्षिक अवस्था बढाउने नीति कस्तो लिनुभएको छ ?

विद्यार्थीहरुलाई शिक्षामा अब्बल मात्र बनाउने होइन, हरेक क्षेत्रमा निपूर्ण बनाउनका लागि खेलकुद र कला क्षेत्रलाई पनि उत्तिकै योगदान दिएको छौं । आउने सेसनबाट अनुभवी शिक्षकहरुले विद्यार्थीको शैक्षिक गुणस्तरलाई अझ ध्यानमा राख्दै अगाडि बढ्ने नीति ल्याएका छौं ।

कस्तो नीति छ त ?

विद्यार्थीहरुको अध्ययन/अध्यापन सम्बन्धी दैनिक क्रियाकलाप हेर्ने, अनुशासन तथा स्वास्थ्य गतिविधि र खेल तथा मनोरञ्जन हेर्ने जस्ता नीति बनाएको हुँदा आउने सेसन अभिभावकको मन छुने बनाउने अभ्यासमा छौं ।

राष्ट्रसेवा गतिविधि पनि गरिन्छ नि ?

विगत पाँच वर्षदेखि राष्ट्रियता सम्बन्धी विद्यार्थीहरुलाई ज्ञान दिने कार्यक्रम एनसीसी सञ्चालन हुँदै आएको छ । नेपाली सेनाद्वारा अनुशासन र राष्ट्रसेवाप्रति ज्ञान दिनका लागि स्वस्तिकाले यस्तो कार्यक्रम ल्याएको हो । जुन कार्यक्रमले विद्यार्थीहरुका चौतर्फी विकास हुनमा सहयोग पुग्छ ।

अन्त्यमा केही छ ?

विद्यार्थीहरुको गुणात्मक विकासको लागि विद्यालयले गर्ने भूमिकामा पछि नहट्ने हुँदा तपाईंहरुको बालबालिकालाई राम्रो वातावरणमा उपयोगी शिक्षा प्रदान गर्न हामी सदैव तयार रहने विश्वास दिलाउन चाहन्छौं ।