नेकपाले प्रदान गर्यो ४२ क्यून्टल चामल « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

नेकपाले प्रदान गर्यो ४२ क्यून्टल चामल


यलम्वर टाइम्स
८ बैशाख २०७७, सोमबार १२:००

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले स्थापना गरिएको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्जुनधारा नगर कमिटीले ४२ क्यून्टल चामल सोमबार हस्तान्तरण गरेको छ ।

विश्वव्यापी महामारी रुप लिएको नोवल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन सरकारले घोषणा गरेको लकडाउनको अवधिमा विपन्न र दैनिक ज्याला मजदूरी गर्नेलाई हातमुख जोर्न समस्या पर्दै गएपछि चामल किनेर सहयोग गरिएको नेकपा अर्जुनधारा नगरकमिटी अध्यक्ष पे्रमसागर सापकोटांले बताए ।

त्यसैगरि नगर क्षेत्रमा सञ्चालित बिभिन्न १३ वटा सहकारीहरुले संयुक्त रुपमा दुई लाख १८ हजार ४ सय रुपैंया बराबरको चार हजार ९ सय ६५ केजी चामल पनि हस्तानतरण गरेको छ ।

नगर कमिटी र सहकारी संस्थाहरुले सोमबार उप–प्रमुख कमला खतिवडालाई राहत सामग्री हस्तानतरण गरेका हुन् ।