मुक्तियोद्धा हंशलालको निधन « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

मुक्तियोद्धा हंशलालको निधन


यलम्वर टाइम्स
१८ जेष्ठ २०७७, आईतवार ०७:५९

अर्जुनधारा । आदिवासी नेता हंशलाल राजवंशीको शनिवार बेलुका ५ः३० बजे निधन भएको छ ।

झापा चारआलीको पिपल चोकमा बस्दै आएका राजवंशी २ दिन अघि उच्च रक्तचापले च्यापेको थियो ।

उनको उपचारको क्रममा बिराटनगरमा मृत्यु भएको नेकपा झापाका सचिव बिजय साम्पाङ्ले जनाए ।

पार्टी जिल्ला कमिटीका सदस्य रहेर विभिन्न जिम्मेवारी समाल्दै आएका राजवंशी कोचिलाका झापा जिल्ला संयोजक रहेर धेरै काम गरि सकेका थिए ।

जातीय मुक्ति बिना राष्ट्र समृद्ध हुन नसक्ने विचार बोक्दै आएका राजवंशी समानुपातिक प्रतिनिधित्व एक मात्र विकल्प रहेको विचार राख्दै अगाडि बढेका थिए ।

२०५१ सालदेखि आदिवासी आन्दोलनमा सक्रिय हंशलाल विभिन्न आन्दोलनमा अग्रमोर्चामा उभिएका थिए ।