राष्ट्रिय जनमुक्ति पार्टीले अर्जुनधारामा नगर प्रमुख, उपप्रमुखसँगै सबै वडामा उम्मेद्वारी दिने « Yalambar Times
३१ बैशाख २०८१, सोमबार

राष्ट्रिय जनमुक्ति पार्टीले अर्जुनधारामा नगर प्रमुख, उपप्रमुखसँगै सबै वडामा उम्मेद्वारी दिने


यलम्वर टाइम्स
१३ चैत्र २०७८, आईतवार ०९:४३

अर्जुनधारा । राष्ट्रिय जनमुक्ति पार्टी अर्जुनधारा नगर परिषदले आउँदो स्थानीय तहको चुनावमा नगर प्रमुख, उपप्रमुखको पदसँगै सम्पूर्ण वडामा उम्मेद्वारी दिने निर्णय गरेको छ ।

नगर पार्टी कार्यालयमा परिषदको बैठक बस्दै आगामी बैशाख ३० गते हुने भनिएको चुनावमा उम्मेद्वारी दिने निचोड निकालिएको नगर अध्यक्ष राज खम्बूले जानकारी दिए ।

बैठकले आफ्ना उम्मेद्वारहरुलाई निर्वाचित गराउन विभिन्न रणनीति अपनाउने निर्णय गरेको छ ।

बैठकमा सहभागि हुन आइपुगेका केन्द्रीय सचिव गजेन्द्र आङबोहाङले स्थापनाकालदेखि नै पार्टीले पहिचान र समताको आवाज बोकेको हुँदा आफ्नो एजेण्डा जनताको घरआँगनसम्म पुर्याउन आग्रह गरे ।

त्यस्तै महिला नेतृ मीना पन्धाकले यति बेला पार्टी ‘जनता जागौं’ अभियान अन्तर्गत आम नागरिकको घर–घर पुग्दै क्रियाशिल सदस्यता वितरण गर्दै आएको बताइन् ।

नगर अध्यक्ष खम्बूको सभापतित्वमा बसेको बैठकमा केन्द्रीय सदस्य शान्तिदेवी राई, प्रदेश अध्यक्ष पर्शुराम मगर, उपाध्यक्ष तिलसिंह माङ्मु, सचिव कृष्णकुमार थेवे, नेता भरतसिंह राई, जिल्ला सचिव पदम कन्दङ्वा, उपसचिव भूपाल राना मगर लगायतको उपस्थिति रहेको थियो ।