भ्रष्टाचारीसँग सम्झौता गर्दिनः जनमुक्तिका मेयर पदका उम्मेद्वार याम « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

भ्रष्टाचारीसँग सम्झौता गर्दिनः जनमुक्तिका मेयर पदका उम्मेद्वार याम


यलम्वर टाइम्स
११ बैशाख २०७९, आईतवार ०७:३८

भद्रपुर । राष्ट्रिय जनमुक्ति पार्टी भद्रपुर नगरपालिकाका लागि मेयर पदका उम्मेद्वार यामबहादुर लिम्बू ‘सन्तोष’ ले भ्रष्टाचार गर्ने दलहरुसँग सम्झौता नगर्ने भएका छन् ।

शुक्रबार यलम्वर टाइम्सका विशेष प्रतिनिधिसँग साक्षत्कार गर्दै गठबन्धनका नाममा भ्रष्टाचारीहरु मौलाउँदै सहकार्य गर्न आइरहेका छन्, हामी त्यस्तासँग सम्झौता नगरी एक्लै चुनावी मैदानमा उत्रने छौं ।

गाउँ–गाउँमा सिंहदरबार आइपुगेको जसरी सन्देश दिएका छन्, त्यसरी नै वडा–वडामा भ्रष्टाचारीहरु मौलाएको हामी देख्छौं । जसले भ्रष्टाचार गर्दिन, जसले जनता ढाँट्दिन, जनताको पक्षमा जहिल्यै पनि सक्रिय रहन्छु भन्छ, उनीहरुसँग मात्र सम्झौता र गठबन्धन हुन सक्ने बताए । भद्रपुर नगरपालिका क्षेत्रबाट जनमुक्तिका पहिलो मेयर पदका उम्मेद्वार घोषणा गरेका लिम्बूले भद्रपुर क्षेत्रका १० वटै वडामा पार्टीले उम्मेद्वारी दिने तयारीमा रहेको बताएका छन् ।

भद्रपुर नगर आदिवासी जनजाति बसोबास भएको ठाउँमा दललाई भन्दा व्यक्तित्व हेर्ने समय आएको हुनाले पहिचानवादी शक्ति पहिलो पटक वृद्ध भत्ताको शंखघोष गर्ने, धर्म निरपेक्षको वकालत गर्ने, संघीयताको जन्मदाता, जातीय जनसंख्याको आधारमा राज्यको सबै तहमा समानुपाति प्रतिनिधित्वको आवाज उठाउने, १६ वर्ष पुगेका नेपाली नागरिकले मतदान गर्न पाउने, भ्रष्टाचार नियन्त्रण होइन निर्मूल हुनुपर्छ भन्ने, समतामूलक समाज निर्माण हुनुपर्छ भन्ने यी सबै पहिलो शंखघोष गर्ने पहिलो दल राष्ट्रिय जनमुक्ति भएको हुँदा घर चिन्हमा मतदान गर्न आग्रह गरे । सामाजिक सेवामा क्रियाशिल लिम्बू चिया व्यवसायी हुन् ।