झापामा जनमुक्तिले कहाँ–कहाँ दियो उम्मेद्वारी « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

झापामा जनमुक्तिले कहाँ–कहाँ दियो उम्मेद्वारी


यलम्वर टाइम्स
१२ बैशाख २०७९, सोमबार १४:१३

अर्जुनधारा । गठबन्धनलाई विश्वास ठानी यो पटक अर्जुनधाराको ११ वडा मध्ये ४ वडामा आफ्नो उम्मेद्वारी दिएका छन् ।

कांग्रेसको पटक–पटकको आग्रह अनुसार गठबन्धन भए जीत सुनिश्चित हुने विश्वास गर्दै धेरै वडाहरुलाई छाडि वडा नं. १, २, ३ र ४ मा सहभागि हुन पुगेको नगर इन्चार्ज दिलीप राईले बताए ।

अर्जुनधारा क्षेत्रमा पार्टीको स्थान चौथो रहे पनि गठबन्धनका कारण ४ स्थानमा उम्मेद्वारी उत्साहका साथ दिएका छौं ।

कांग्रेस, माओवादी र जनमुक्ति बीचको एकता यो पटक स्थानीय चुनावमा भयो । परिणाम राम्रै आए आउने दिनमा पनि सहकार्य रहने पार्टीले जनाएको छ ।

धेरै ठाउँमा पार्टीका सदस्य रहँदारहँदै पनि ४ वटा वडामा उम्मेद्वारी दिँदा नरमाइलो महशुस भएको छ, तर गठबन्धन इमान्दारी भएर जीत्न सके यो सहकार्य पछिसम्म रहने नगर इन्चार्ज राईले प्रतिक्रिया दिए ।

यसरी नै आजै भद्रपुर नगरपालिकामा पनि राष्ट्रिय जनमुक्ति पार्टीले १० वटै वडामा उम्मेद्वारी दिएको छ ।

नगर प्रमुखको प्रत्यासी उम्मेद्वार यामबहादुर लिम्बू ‘सन्तोष’ले भ्रष्टाचारी, कमिशन खोरीको अन्त्यका लागि आफ्नो उम्मेद्वारी भएको प्रतिक्रिया दिए ।

यसरी नै शिवसताक्षी, कमल गाउँपालिका र दमक नगरपालिकामा पनि जनमुक्ति पार्टीले आफ्नो उम्मेद्वारी दिएको छ ।