अर्जुनधारा धामबाट घरदैलो अभियान सुरु, एमालेबाट को–को बने उम्मेद्वार « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

अर्जुनधारा धामबाट घरदैलो अभियान सुरु, एमालेबाट को–को बने उम्मेद्वार


यलम्वर टाइम्स
१३ बैशाख २०७९, मंगलवार ०६:४१

अर्जुनधारा । पार्टीभित्रका राजनीतिक अगुवाहरुको छत्रछायाँबाट देवकोटा चोकमा उम्मेद्वारी घोषणा गरेको नेकपा एमालेले मंगलबार बिहान अर्जुनधारा जलेश्वरधामलाई साक्षी राख्दै घरदैलो अभियान सुरु गरेका छन् ।

नेता अग्नी खरेल, हरिकुमार राना, महिला नेतृ पवित्रा खरेल र प्रेम गिरी लगायतले पार्टी कार्यालयबाट नारा जुलुस गर्दै शनिश्चरे बजारको देवकोटा चोकसम्म ल्याइपुर्याएका थिए ।

सन्थाल संस्कृतिको साथमा आएका नेता बृख प्रधानले प्रतिक्रिया दिए, प्रमुख पद एमालेकै हो ।

यसरी नै मंगलबारकै दिन नगर प्रमुख हरिकुमार रानाको नेतृत्वमा प्रचार अभियानमा निस्किएका एमालेका नगर प्रमुख पदका प्रत्यासी बलदेव गोम्देन र खड्गमाया पराजुली लगायतले अर्जुनधारा धामबाट चुनावी अभियान अगाडि सारेका छन् ।

धामको बैठक कक्षमा गुरु अग्नी सिग्देलले शुभकामना दिँदै धामको विकासमा आउने जनप्रतिनिधिको ध्यान केन्द्रीत हुन जरुरी रहेको बताए ।

गुरु सिग्देलले राखेको मागप्रति आफू गम्भीर भएको प्रत्यासी उम्मेद्वार बलदेव गोम्देनले बताए ।

नेकपा एमालले अर्जुनधाराले दिएको जानकारी अनुसार वडा नं. १ बाट अध्यक्ष पदका लागि विष्णुलाल ढकाल, सदस्यहरुमा मदनकुमार लिमेल, दिनेशकुमार घिमिरे, मुना खत्री र इन्द्रकुमारी विश्वकर्मा रहेका छन् ।

वडा नं. २ बाट अध्यक्षमा तुलसीप्रसाद खतिवडा, सदस्यहरुमा बलबहादुर समाल, प्रेमबहादुर उप्परकोटी, सर्मिला सुब्बा, विमला रोक्का रहेका छन् ।

वडा नं. ३ बाट अध्यक्षमा हरिबहादुर वाग्ले, सदस्यहरुमा नारायणप्रसाद चापागाई, चन्द्रमाया तामाङ, सुमन राई, सीता सार्की रहेका छन् ।

यसरी नै वडा नं. ४ बाट वडाध्यक्षमा एकदेव खनाल र सदस्यहरुमा जीतबहादुर लिम्बू, अमृतबहादुर बुढाथोकी, राधिका जवेगु, अस्मीता सार्कीले उम्मेद्वारी दिएका छन् ।

वडा नं. ५ बाट वडाध्यक्षमा डम्बरकुमार घिमिरे, सदस्यहरुमा लक्ष्मीप्रसाद खनाल, रोहितकुमार चौधरी, चन्द्रकुमारी तामाङ र रीता नेपाली रहेका छन् ।

वडा नं. ६ बाट वडाध्यक्षका लागि दिवाकरलाल चौधरी, सदस्यहरुमा टुम्मनाथ काफ्ले, सदस्यहरुमा भिम राई, रमा निरौला, कल्पना विश्वकर्मा रहेका छन् ।

यसरी नै वडा नं. ७ बाट वडाध्यक्ष गोविन्दप्रसाद खतिवडा, हरिबहादुर कटुवाल, देवकुमार राई, पार्वतादेवी न्यौपाने र जानुका विश्वकर्मा रहेका छन् ।

वडा नं. ८ बाट वडाध्यक्षमा कुमारप्रसाद उप्रेती, सदस्यहरुमा ऋषिप्रसाद घिमिरे, मनोजकुमार रैका मगर, मञ्जु टुडु र सिर्जना बराइली रहेका छन् ।

यसरी नै वडा नं. ९ बाट अध्यक्ष नरेन्द्रबहादुर राई, सदस्यहरुमा बुद्धिमान लिम्बू, गौरीमाया चिमरिया, खड्गमाया पौडेली, अम्बरबहादुर थापा रहेका छन् ।

वडा नं. १० बाट अध्यक्षमा भुपेन्द्र न्यौपाने, सदस्यमा रुपेश लिम्बू, डम्बरबहादुर धौराली, तुलसा विष्ट महतारा, सीता परियार रहेका छन् ।

यसरी नै वडा नं. ११ बाट वडाध्यक्षमा खगेन्द्र इङनाम रहेका छन् भने सदस्यमा पूर्णबहादुर राई, केशव अधिकारी, सुशिला गिरी, सीता कडेल दर्जीले उम्मेद्वारी दिएका छन् ।