शहर र गाउँको मन जोड्न मेरो उम्मेद्वारीः गोम्देन « Yalambar Times
२५ बैशाख २०८१, मंगलवार

शहर र गाउँको मन जोड्न मेरो उम्मेद्वारीः गोम्देन


यलम्वर टाइम्स
१५ बैशाख २०७९, बिहीबार ०८:५१

कप्तनबारी । नेकपा एमालेबाट प्रमुख पदका प्रत्यासी उम्मेद्वार बलदेव गोम्देनले भोट माग्ने क्रममा शहर र गाउँको मन जोड्न आफू उम्मेद्वार भएको बताएका छन् ।

अर्जुनधारा वडा नं.६ स्थित जनतासँग मत माग्दै शहर र गाउँमा जम्मा दुइ कुरा फरक हुन्छ । शहरमा घर नजिक हुन्छन् तर मन टाढा हुन्छ । गाउँमा घर टाढा टाढा हुन्छ तर मन नजिक हुन्छ । त्यो दुइ वटा कुरालाई जोड्न नेकपा एमालेका उम्मेद्वार आएको छ बताएका छन् ।

गोम्देनले भने, ‘वृद्धहरुको सल्लाह विज्ञहरुको सुझाव र युवाहरुको जोशबाट अर्जुनधाराको हरेक क्षेत्रमा परिवर्तन गर्न हामीहरु आएको हुँदा यहाँहरुको अमूल्य मतको आशामा छौं ।’

कार्यक्रममा उपप्रमुख खड्गमाया पराजुली, वडाध्यक्ष दिवाकरलाल चौधरी लगायतले जनतासँग आफ्ना रायसहित मत मागका थिए ।

घरदैलो अभियान अन्तर्गत उम्मेद्वारसँगै नगर प्रमुख हरिकुमार राना, वडा नं. ६ का वडाध्यक्ष लोकनाथ गौतम, चुडामणि नेम्वाङ, सृजलाल चौधरी लगायत कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यसै बीच अर्जुनधारा नगरपालिकाका युवा समाजसेवी तथा प्रमुख पदका उम्मेद्वार बलदेव गोम्देनको पहलमा अर्जुनधारा वडा नं. ५ की १५ वर्षिय अप्सरा तामाङको उद्दार गरिएको छ ।

एक महिनाअघिबाट दुवै खुट्टा नचल्ने भएपछि उपचार अभावमा घरमै बस्न बाध्य तामाङको उपचारका लागि उद्दार गरिएको हो ।

गोम्देनको आग्रहअनुसार बिर्तामोडको बिएन्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईको टोलीले आफन्तको घरबाट अप्सरालाई उपचारका लागि उद्दार गरिएको हो ।

उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च गोम्देनले व्यहोर्ने भएको आकाश खतिवडाले जानकारी दिए ।