गठबन्धनलाई अझ मजबुद बनाउँछौंः जनमुक्ति « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

गठबन्धनलाई अझ मजबुद बनाउँछौंः जनमुक्ति


यलम्वर टाइम्स
१५ बैशाख २०७९, बिहीबार ०९:०८

अर्जुनधारा । राष्ट्रिय जनमुक्ति पार्टी अर्जुनधारा नगर समितिले गठबन्धनलाई अझ मजबुद बनाउन विभिन्न उपसमिति निर्माण गरेको छ ।

बुधबार नगर पार्टी कार्यालयमा भएको भेलाले गठबन्धनबाट प्राप्त चार वटा सदस्य भएको ठाउँमा मात्र होइन, अर्जुनधाराको ११ वटै वडामा मजबुदका साथ गठबन्धनलाई अगाडि बढाउने भएका छन् ।

पार्टी क्रियाशिल भएको नगर अर्जुनधारा भएको हुँदा गठबन्धनका उम्मेद्वारहरुलाई मत दिन सम्पूर्ण पार्टी सदस्यहरुलाई आग्रह गरेका छन् ।

भेलाले दिलीप राईको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । सदस्यहरुमा राज खम्बू, पदम लिम्बू, मीना पन्धक, कृष्णकुमार थेवे, भुपाल राना, क्या. शिवकुमार राई लगायत रहेका छन् ।

यसरी नै आरती तेयुङको संयोजकत्व चन्द्र लाफा, मनकुमार येक्तेन, लोकबहादुर राई, ख्याम मोराहाङ, विजय इङनाम, झालक याम्फू, खड्क लावती, भरत थापा सदस्य रहने गरि प्रचारप्रसार समिति गठन गरिएको छ ।

त्यस्तै र तिलसिंह माङ्मुको संयोजकत्वमा शान्तिदेवी राई र भरतसिंह राई सदस्य रहने गरि कार्यालय चलायमान समिति निर्माण गरिएको नगर अध्यक्ष राज खम्बूले बताए ।