सुशासन र पारदर्शीता पहिलो प्राथमिकताः गोम्देन « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

सुशासन र पारदर्शीता पहिलो प्राथमिकताः गोम्देन


यलम्वर टाइम्स
१८ बैशाख २०७९, आईतवार १०:१६

सालबारी । नेकपा एमालेबाट प्रमुख पदका प्रत्यासी उम्मेद्वार बलदेव गोम्देनले सुशासन र पारदर्शीता पहिलो प्राथमिकता भएको बताएका छन् ।

आईतबार अर्जुनधारा–११ स्थित सालबारीमा स्थानीयलाई सम्बोधन गर्दै समृद्ध नगरका लागि कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य र पर्यटनको विकास हुन जरुरी बताउँदै आफूहरु विजय भएर आएको खण्डमा यही कुरालाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

गोम्देनले मत माग्दै जाँदा थुप्रै समस्याहरु हामीमाझ राख्नु भएको छ । तपाईले दिएको अमूल्य मत समस्या समाधानको बाटो हुने बताए ।

खेलाडीका विषयमा बोल्दै गोम्देन आफू पूर्व खेलाडी भएको स्मरण गर्दै नगरका खेलाडीहरुको वृद्धि विकासका लागि काम गर्ने बताए ।

उपप्रमुखका प्रत्यासी उम्मेद्वार खड्गमाया पराजुलीले महिलाका अनगिन्ती समस्या राम्ररी बुझेको बताउँदै महिलामाथि हुने विभेददेखि शारीरिक समस्या समाधान गर्न पछि नहट्ने बताइन् ।

वडा नं. ११ का वडाध्यक्ष पदका उम्मेद्वार खगेन्द्र इङनामले वडालाई नगरकै वडा बनाउन र अधुरा कामहरुलाई पूरा गर्न आफ्नो उम्मेद्वारी रहेको बताउँदै मिश्रित बसोबास भएको वडा नं. ११ को उन्नतिको लागि जनतासँगै बसेर विकासका काम अगाडि सार्ने बताए ।

उम्मेद्वारसँगै नगर प्रमुख हरिकुमार राना, प्रदेश सांसद बृख प्रधान लगायतको उपस्थिति रहेको थियो ।