५ बुँदे घोषणापत्र लिएर भद्रपुर जनमुक्तिका यामबहादुर घरदैलोमा « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

५ बुँदे घोषणापत्र लिएर भद्रपुर जनमुक्तिका यामबहादुर घरदैलोमा


यलम्वर टाइम्स
१८ बैशाख २०७९, आईतवार १०:५७

भद्रपुर । राष्ट्रिय जनमुक्ति पार्टी भद्रपुर नगरपालिकाको लागि नगर प्रमुखका प्रत्यासी उम्मेद्वार यामबहादुर लिम्बू ‘सन्तोष’ ले आईतबार घोषणापत्र सार्वजनिक गर्दै चुनाव प्रचारप्रसारमा होमिएका छन् ।

घोषणापत्रमा विशेष गरी कुशल व्यवस्थापन तथा सुशासन, भ्रष्टाचाररहित समृद्ध भद्रपुर नगर, उत्पादनमुखि तथा आत्मासम्मानसहितको रोजगार सिर्जना गर्ने, सरकारी सेवा समनताको आधारमा समयमा हस्तान्तरण, खोज तथा अनुसन्धान जस्ता ५ वटा बुँदालाई सार्वजनिक गर्दै अगाडि बढेका छन् ।

उनले स्वास्थ्य सम्बन्धि सरकारी अस्पतालमा धनी, गरिब, नेता र आम सर्वसाधारण जनताबीच विना भेदभावरही सेवा प्रदान गर्नका लागि कानुन बनाउने, सरकारी अस्पतालमा कार्यरत डाक्टरलाई निजी अस्पतालमा जानबाट रोक्ने, निःशुल्क बिमा, महिलाहरुमा हुने महिनाबारीका लागि निःशुल्क सेनेटरी प्याडको व्यवस्था गर्ने, शिक्षामा सरकारी शिक्षाको गुणस्तरलाई उच्च बनाइ विद्यार्थीको मौलिकको हकको रुपमा स्थापित गराउने, विद्यार्थीको आर्थिक अवस्था हेरी अनुदान दिने, शिक्षकलाई राजनीतिबाट टाढा राख्ने, विकास निर्माणका लागि भौतिक पूर्वाधार निर्माणमा स्थानीय युवाहरु परिचालन गर्ने, बेरोजगार युवाहरुलाई हरेक विकासमा स्थानीय युवाहरुको उपभोक्ता समिति बनाइ वैदेशिक रोजगारमा आश्रित परिवारको संख्या कम गर्ने घोषणापत्रमा उल्लेख भएको बताएका छन् ।

त्यस्तै सुशासन सम्बन्धमा नागरिकले जनप्रतिनिधिलाई आफ्नो सेवक हो भन्ने बनाउने, भ्रष्टाचाररहित समाजका लागि सरकारी सेवामा कमिशन, घुस खोरी, सरकार सम्पत्तिको दोहन जस्ता कार्य रोक्ने, कृषि उत्पादनमा जोड, सिचाईं पूर्वाधारको व्यवस्था, बिमा सेवा चिया मजदुरको हकमा न्यूनतम् ज्याला, भद्रपुर नगरले चिया ऐन बनाई ५२० को ज्याला ग्यारेन्टीको साथ उपलब्ध गराउने, सरकारी सेवामा नागरिकको दायित्व रहने गरि नगरवासीका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने, महाबीर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई भद्रपुरमा स्थापना गरि विद्यार्थी तथा खोज अनुसन्धान गर्न चाहने र नयाँ उद्यमशिलाता गर्न चाहानेका लागि आधार तयार पारिदिने घोषणपत्रमा उल्लेख छ ।

घोषणापत्रमा भद्रपुरवासी जनताले घर चिन्हमा मतदान गरि विजयी गराएको खण्डमा यी आवाजहरु पूरा गर्ने प्रतिवद्धता समेत राखेका छन् ।